काठमाडौं । दीपलको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले दीपल एस-०७ आइसीएका लागि ‘एमएडब्लू-ग्यारेन्टिड बाइब्याक’ योजना ल्याएको छ ।
कम्पनीले काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२५ को अवसरमा उक्त अफर ल्याएको हो ।
कम्पनीका अनुसार यस योजना अन्तर्गत दीपल एस-०७ खरिद गर्ने ग्राहकले आफ्नो ईभी बेच्न चाहेमा किनेको दोस्रो वर्षदेखि पाँचौं वर्षसम्ममा एमएडब्लूबाट ‘ग्यारेन्टिड बाइब्याक भ्यालु’ पाउने छन् ।
कम्पनीले ग्राहकले दोस्रो वर्षदेखि ५ वर्षसम्ममा दीपल एस-०७ को सट्टा एमएडब्लू वृद्धिको ‘पोर्टफोलियो’ मा भएका कुनै पनि कार खरिद गर्न चाहेमा ‘ग्यारेन्टिड रिसेल भ्यालु’ दिने भएको हो ।
यो योजनासँगै ग्राहकहरूले ‘जिरो ओनरसिप कस्ट फर फाइभ इयर’ अर्थात् ५ वर्षसम्म कुनै खर्च नलाग्ने सुविधा पाउने छन् ।

जस अन्तर्गत ग्राहकले ५ वर्षसम्म अटोप्लस इन्स्योरेन्स, सडक कर, पेरियोडिक मेन्टेनेन्स, चार्जिङ लगायत सुविधा निःशुल्क पाउने छन् । अर्थात् ५ वर्षसम्म सडक कर, बीमा, गाडी चार्जिङको पैसा, मर्मत गरेको पैसा तिर्नुपर्दैन । कम्पनीले नै तिरिदिनेछ ।
‘हाम्रो उद्देश्य ग्राहकलाई पूर्ण शान्ति दिनु, ईभी किन्ने आत्मविश्वास बढाउनु र एस-०७ आईसीएप्रति विश्वास बढाउनु हो । लक्जरी, स्टाइल र इनोभेसनले भरिएको ईभीको स्वामित्वलाई सहज बनाउनु हो,’ एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले भने ।
‘बाई ब्याक ग्यारेन्टी’ र ‘जिरो ओनरसिप कस्ट फर फाइभ इयर’ जस्ता दुई योजनाले लक्जरी ईभी सेग्मेन्टमा दीपल एस-०७ आइसीएको नेतृत्वलाई अझ बलियो बनाउने कम्पनीको विश्वास छ ।

