काठमाडौं । एमएडब्लू वृद्धिले आजबाट काठमाडौं गैरीधारास्थित एलिस रिसेप्सन र देशभरका दीपल, नामी र सेरेसका आधिकारिक शोरुमहरूमा चाडवाड लक्षित मेगा एक्सचेन्ज कार्निभल सुरू गरेको छ ।
आइतबारसम्म चल्ने एक्सचेन्ज मेलामा ग्राहकहरूले आफ्ना पुराना गाडीहरू साटेर सबैभन्दा स्टाइलिस र टेक्नोलोजिकल्ली एड्भान्स्ड ईभीमा अपग्रेड गर्ने सक्नेछन् । काठमाडौंमा आयोजना हुने मुख्य कार्यक्रममा ग्राहकले दीपल, अवतार, नामी र सेरेस जस्ता नेपालका शिर्ष ईभी ब्रान्डका चर्चित मोडलहरू एउटै स्थानमा अवलोकन गर्न र टेस्ट ड्राइभ गर्न पाउनेछन् ।
ग्राहकहरूले एक्सचेन्जमेलामा नेपालका शीर्ष पाँच रिकन्डिसन हाउसमार्फत् आफ्ना पुराना गाडीहरूको सर्वोत्कृष्ट मूल्यांकन गराउन सक्नेछन् । यसका साथै ग्राहकले एक्सचेन्जमा बोनस र नगद छुट पनि पाउनेछन् । जसबाट निश्चित मोडेलहरूमा अधिकतम १५ लाख रुपैयाँसम्मको लाभ पाउन सक्नेछन् ।
एक्सचेन्ज क्याम्पमा गाडी बुकिङ गर्ने हरेक ग्राहकले नगरकोटस्थित प्रिमियम रिसोर्टमा एक जोडीले नाइट स्टेको पनि अफर पाउने छन् ।
साथै, एक्सचेन्ज कार्निभलमा पहिलो पटक अल्ट्रा प्रिमियम इलेक्ट्रिीक एसयूभी अवतारलाई टेस्ट ड्राइभ गर्न सक्नेछ । काठमाडौं बाहिरका सबै शोरुमहरुमा पनि ग्राहकले एक्सचेन्ज सुविधा, नगद छुट र अन्य धेरै अफर पाउने छन् ।
एक्सचेन्ज मेलाको पहिलो दिन शुक्रबार ग्राहकहरूको उत्साहजनक सहभागिता रहेको थियो । ग्राहकहरू दीपल, अवतार, नामी र सेरेसका ईभीहरूमा ग्राहक झुमिरहेका थिए । त्यसैगरी, रोबोटका क्रियाकलाप र रेसिङ सिमुलेटरहरूले पनि भीडलाई आकर्षित गरेको थियो ।

