एनपीएल-२ मा ओमोडा/जेकोले रोबोट डग राख्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ मा रोबोट डग देख्न पाइने भएको छ । एनपीएल खेल मैदानमा ओमोडा जेकोको रोबोट डग देख्न पाइने भएको हो।

एनपीएल सिजन २ को ‘ड्रिभन बाइ’ पार्टनरका रूपमा ओमोडा जेकोले सहकार्य गर्ने सम्झौता केही दिनअघि गरेको थियो। अघिल्लो सिजनमा पनि ओमोडा जेकोले एनपीएलसँग सहकार्य गरेको थियो । यो वर्ष ओमोडा जेकोको नेपालका लागि आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइलले रोबोट डग राख्ने भएको हो।

एनपीएल मैदानमा खेलाडी तथा खेल हेर्न पुग्ने दर्शकले समेत ओमोडा जेको रोबोट डग सँग इन्टरयाक्सन गर्न पाउने छन् ।

मंसिर १ गतेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एनपीएल सिजन २ को खेल सुरू हुँदैछ।

कटिङ एज टेक्नोलोजीमा आधारित इन्टेलिजेन्ट मेकानिकल रोबोट चीनको चर्चित अटोमोबाइल कम्पनी चेरी अटोमोबाइल अन्तर्गतको ओमोडा जेको सबब्राण्डमा उत्पादन भएको हो।

उक्त रोबोट डगले कुद्न, उफ्रन तथा भोइस कमान्डमा चल्न सक्छ। डाइनामिक डिजाइनमा तयार पारिएको रोबोट डगमा क्यामेरा जडान गरिएको छ।

ओमोडा जेको ग्लोबलको एइमोगा टेक्नोलोजी प्रालिको अत्याधुनिक प्रविधिमा आधारित रहेर यो रोबोट डग डिजाइन गरेको हो। ओमोडा जेको नेपालले उक्त रोबोट डगको उपयुक्त नाम सिफारिस गर्न समेत भनेको छ।

नेपाली खेल समुदायसँग आफ्नो सम्बन्धलाई अझ मजबुत बनाउँदै ओमोडा एन्ड जेकोले एनपीएल सिजन २ को म्यान अफ द टुर्नामेन्टलाई ब्रान्डको एक प्रिमियम गाडी उपहार दिने घोषणासहित एनपीएलसँग जोडिएको हो। एनपीएलको सिजन १ मा ओमोडा एन्ड जेकोले ‘ड्रिभन बाइ’ सहप्रायोजकको रूपमा सहकार्य गरेको थियो।

ओमोडा एण्ड जेको र नेपाल प्रिमियर लिग दुवैले ‘उत्कृष्ट पर्फमेन्स, लगाव तथा इनोभेसन’को दृष्टिकोणलाई बढावा दिने भएकोले यो सहकार्य त्यही साझा दृष्टिकोणस्वरूप भएको कम्पनीको भनाइ छ।

देशकै सबैभन्दा लोकप्रिय क्रिकेट प्रतियोगिता एनपीएलले देशभरका क्रिकेट प्रेमीहरूलाई एकजुट गर्दै खेलप्रति विशेष उत्साह जगाउने तथा राष्ट्रको गौरव बढाउने कार्य गर्दै आएको एसपीजी अटोमोबाइलले उल्लेख गरेको छ।


Back_to_top