एक्सपेङको फ्लाइङ कारको माग उच्च, एकैपटक ६०० युनिट अर्डर

काठमाडौं । विश्व बजारमा एक्सपेङको फ्लाइङ कारको माग उच्च देखिएको छ ।

दुबईमा आयोजित इन्टरनेशनल एप्रिसियसन इभेन्टमा मध्यपूर्वी देशहरुले एक्सपेङ एरो एचटीको ल्याण्ड एयरक्राफ्ट क्यारियरको ६०० युनिट अर्डर गरेका हुन् ।

यो उपलब्धि स्मार्ट र दिगो यातायात प्रविधिको यात्रामा एक ऐतिहासिक माइलस्टोनको रूपमा स्थापित भएको कम्पनीले जनाएको छ ।

हाल एक्सपेङका विश्वभरका अर्डरहरू ७ हजार युनिट नाघिसकेका छन्, जसले कम्पनीको अत्याधुनिक प्रविधि र दूरदर्शी दृष्टिकोणप्रति बढ्दो अन्तर्राष्ट्रिय विश्वासलाई प्रतिबिम्बित गर्छ।

दुबईमा कम्पनीले ल्याण्ड एयरक्राफ्ट क्यारियरको पहिलो सार्वजनिक मानवीय उडान समेत प्रदर्शन गरेको थियो । यस प्रदर्शनले एक्सपेङलाई विश्वव्यापी स्तरमा भविष्यको गतिशीलता क्षेत्रको अग्रणी नवप्रवर्तकको रूपमा स्थापित गरेको छ।

एक्सपेङले चीनको ग्वाङ्जाउमा अत्याधुनिक फ्लाइङ कार उत्पादन प्लाण्ट स्थापना गरेको छ । जसबाट सन् २०२६ देखि व्यावसायिक उत्पादन हुनेछ ।


Back_to_top