ईभीमा प्रयोग भएको ब्याट्री बारे गलत जानकारी दिनेलाई १.१ अर्ब जरिवाना

काठमाडौं । दक्षिण कोरियामामा मर्सिडिज बेन्जलाई झण्डै १ अर्ब  रुपैयाँ बढी जरिवाना गरिएको छ ।

कम्पनीले दक्षिण कोरियामा बिक्री गरेको विद्युतीय गाडीहरूमा प्रयोग भएको ब्याट्री बारेमा गतल जानकारी दिएको भन्दै फेयर ट्रेड कमिशनले ७६ लाख अमेरिकी डलर (करिब १ अर्ब ११ करोड रुपैयाँ) जरिवाना तिराएको हो ।

कमिशनले कम्पनीले गतल जानकारी दिएको प्रमाणित भएसँगै कारबाही गरेको हो । मर्सिडिज बेन्ज कोरियाले आफ्ना केही गाडीहरूमा विश्वकै ठूलो ब्याट्री उत्पादक सीएटीएलको ब्याट्री प्रयोग गरिएको भन्दै बिक्री गरेको थियो । तर, अनुसन्धनको क्रममा तीमध्ये धेरै गाडीहरूमा फारासिस इनर्जीले उत्पादन गरिएको ब्याट्री पाइएको थियो ।

यसबाट प्रभावित मोडलहरूमा मर्सिडिज बेन्ज ईक्यूई र मर्सिडिज बेन्ज ईक्यूएस छन् । मर्सिडिज बेन्ज कोरियाले आफ्नो आन्तरिक बिक्री म्यानुअलहरूमा सीएटीएलका ब्याट्री प्रयोग भएको बताएको थियो । जसमा सीएटीएल ब्याट्रीका फाइदाका बारेमा उल्लेख गरिएको थियो ।

तर, ती कागजातहरूमा फारासिस इनर्जिको बारेमा कुनै जानकारी समावेस गरिएको थिएन, जबकि गाडिहरूमा भने फरासिस कम्पनीका ब्याट्री प्रयोग गरिएको थियो ।

अनुसन्धानको क्रममा बिक्रेताहरूलाई नै ब्याट्रीको बारेमा थाहा नभएको पाइएको थियो । सन् २०२४ अगष्टमा मर्सिडिज बेन्ज ईक्यूई इलेक्ट्रीक सेडान कारमा आगलागीको घटना अनुसन्धानको क्रममा उक्त घटना बाहिर आएको हो ।


Back_to_top