वाडा अटो शो २०२६ को तयारी तीव्र

काठमाडौं । आगामी चैत ११ गतेदेखि १५ गतेसम्म पोखरामा आयोजना हुने दोस्रो संस्करणको ‘वाडा अटो शो २०२६’ को तयारी तीव्र पारिएको छ।

अटो शोको स्टल बुकिङ लगभग सकी अन्य प्रशासनिक कार्य एवं प्रदर्शनी स्थलको पूर्व तयारी समेत सुरू भइसकेको पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएसन (वाडा)ले जनाएको हो ।

वाडा अटो शो पोखरा लेकसाइड, तालबराही चोकस्थित खेल मैदानमा आयोजना हुनेछ । अटो शोको व्यवस्थापन ग्लोबल एक्स्पोजिशन एण्ड मेनेजमेन्ट सर्भिसेज (जेम्स इभेन्टस)ले गर्ने छ ।

वाडा अटो शो २०२६ मा साना, मझौला तथ ठूला सवारी साधन, पार्टपुर्जा, लुब्रिकेन्ट, टायर, वित्तीय संस्था लगायतले सहभागिता जनाउने छन् ।

यो अटो शोले व्यवसायिक सहकार्य एवं नेटवर्किङका अवसर प्रदान गर्नुका साथै पोखराको पर्यटन तथा अटोमोबाइल क्षेत्रको समग्र विकासमा समेत टेवा पुर्याउने विश्वास गरिएको छ ।


Back_to_top