काठमाडौं । महिन्द्रा बीई सिक्स ब्याटम्यान एडिसनको दोस्रो चरणका गाडी केबल ७ मिनेटमै सोल्ड आउट भएका छन् । कम्पनीले सीमित संख्यामा उत्पादन गरेको ९९ युनिट कार केबल ७ मिनटमै बुकिङ भएका हुन् ।
यो विद्युतीय एसयूभीको मागले बजारलाई निरन्तर अचम्मित बनाइरहेको छ । कम्पनीले सुरुङमा ब्याटम्यान एडिसन ३०० युनिट मात्रै उत्पादन गर्ने योजना बनाएको थियो। तर खरिदकर्ताहरूको अत्यधिक चासो देखाएपछि उत्पादन सीमा बढाएर ९९९ वटा बनाएको थियो ।
सन् २०२५ अगष्टमा पहिलो चरणको बुकिङ खुल्दा केबल १३५ सेकेण्डमै पूरै बिक्री भएको थियो । कम्पनीले दोस्रो चरणको बुकिङ यही मार्च १० तारिखमा २४ घण्टाका लागि मात्र खुलाइएको थियो । जसमा ७ मिनेटमा ९९९ युनिट सबै गाडी अर्डर भएका हुन् ।
यो लिमिटेड एडिसन बीई सिक्सको मूल्य २८ लाख ४९ हजार भारु तोकिएको थियो । छोटो बुकिङ अवधि र सीमित उत्पादनका कारण उपलब्ध गाडीहरू चाँडै सकिएको हो ।
बीई सिक्सको यो विशेष एडिसन वार्नर ब्रोस डिस्काभरीसँगको सहकार्यमा तयार गरिएको हो । यसको दृश्य डिजाइन द डार्क नाइट ट्रिलोजीबाट प्रेरित छ । यो एसयूभीको शैलीमा गाढा र नाटकीय रूप दिइएको छ । जसमा प्रसिद्ध कमिक पात्र ब्याटम्यान को विषयवस्तु झल्किने विभिन्न सौन्दर्यात्मक परिवर्तनहरू गरिएको छ।
यो मोडेल पूर्ण रूपमा सुसज्जित प्याक थ्री भेरियन्टमा आधारित छ । यसमा ७९ किलोवाट आवर क्षमताको ब्याट्री प्याक प्रयोग गरिएको छ।
ब्याटम्यान एडिसनमा साटन कालो रंग प्रयोग गरिएको छ, जससँग विपरीत रूपमा सुनौलो हाइलाइटहरू जोडिएका छन्। सस्पेन्सनका भागहरू र ब्रेक क्यालिपरहरू अल्चेमी गेल्ड फिनिसमा तयार गरिएको छ । यसमा २० इन्चका एलोय ह्वील छ ।
ढोकामा ब्याटम्यान ग्राफिक्स, विशेष एडिसनका ब्याजहरू र विषयवस्तु अनुरूपका बाह्य सजावटले यसलाई सामान्य उत्पादन मोडेलभन्दा फरक बनाइएको छ ।
यसको इन्टेरियरमा पनि सुपरहिरोको विषयवस्तु निरन्तर देखिन्छ। सिटहरू र विभिन्न कन्ट्रोल सरफेस ब्याट प्रतीक अंकित गरिएको छ।
ड्यासबोर्डको यात्रु साइडमा सूक्ष्म ग्राफिक डिजाइन राखिएको । इन्फोटेनमेन्ट प्रणालीमा यस एडिसनका लागि विशेष रूपमा बनाइएको स्टार्ट-अप एनिमेसन राखिएको छ । साथै बाह्य साउण्ड प्रोफाइललाई पनि थप नाटकीय अनुभूति दिने गरी परिमार्जन गरिएको छ।
यसको स्टेयरिङ ह्वीलको ट्रिम, इलेक्ट्रोनिक पार्किङ ब्रेक र चाबीको फोब जस्ता साना भागहरूमा पनि मिल्दोजुल्दो सुनौलो सजावट दिइएको छ ।

