मेरोअटो मोटर र्‍याली सम्पन्न (फोटो फिचरसहित)

काठमाडौं । अटोमोटीभ्स प्रालिले आयोजना गरेको ‘मेरोअटो मोटर र्‍याली’ सम्पन्न भएको छ । कम्पनीले काठमाडौंको मिनभवनदेखि सिन्धुपाल्चोकको सुकुटेसम्मको ६६ किलोमिटर लामो मोटर र्‍याली आयोजना गरेको थियो ।

मोटर र्‍यालीमा ४१ वटा गाडीको सहभागिता रहेको थियो । आमन्त्रीत सदस्यको लागि मात्रै सहभागि गराइएको मोटर र्‍यालीमा ४१ वटा कार र ८० जना सहभागिहरु थिए । उक्त मोटर र्‍यालीलाई सहभागिहरुले नयाँ ड्राइभिङ एक्सपेरियन्स, साथीभाइ बीच छलफल गर्ने र मनोरन्जन गर्ने स्थानको रुपमा उपभोग गरेका थिए ।

विभिन्न अटोमोवाइल कम्पनी, बैंक तथा बीमा र कर्पोरेट क्षेत्रका मानिसको सहभागिता रहेको थियो । यी सबै क्षेत्र एक अर्कासँग जोडिएकाले सहभागिहरुले यसबाट लाभ लिन सकिएको बताएका थिए ।

मेरोअटो डट कमले ३ वर्ष पुरागरि ४ वर्ष प्रबेश गर्नेको उपलक्ष्यमा आयोजना भएको मोटर र्‍यालीमा सहयोगीको रुपमा अग्नी इन्कर्पोरेटको महिन्द्रा, एड्भान्स अटोमोवाइलको रेनो, पारामाउन्ट मोटर्सको एमजी, लक्ष्मी इन्टरकन्टिनेन्टलको हुन्डाई, सिप्रदीको टाटा र एक्साइड व्याट्री, गल्फ लुव्रिकेन्ट र नारायणी अटो विजनेश रहेका थिए ।

त्यसैगरि बैंकिङ पाट्नरको रुपमा ग्लोबल आईएमई बैंक, इन्स्योरेन्स पाट्नर सगरमाथा इन्स्योरेन्स, बेभरेज पाट्नर आइसबर्ग र जालपा फ्रेस वाटर रहेका थिए ।

नाडा अटोमोवाइल डिलर एशोसियसन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको मोटर र्‍यालीमा विशेष अतिथि नाडाका महासचिव सुनिल रिजाल रहेका थिए ।

कार्यक्रममा बोल्दै नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले अटोमोवाइल व्यवसायमा लागेका व्यवसायी र कर्मचारीहरुको लागि यस्ता र्‍याली निकै फलदायी हुने बताएका थिए । साथै, दुलालले अहिलेको र्‍याली सद्भाव र्‍याली भएकाले आगामी वर्षदेखि प्रतिस्पर्धा हुनेगरि आयोजना गर्न सुझाव दिएका थिए ।

 


Back_to_top