फोटनका पिकअपमा ‘एस्योर्ड बाईब्याक’को साथै थप अफर

काठमाडौं । नेपालका लागि फोटन मोटरको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि कमर्शियल भेहिकल प्रालिले फोटन टुनल्यान्ड ईका लागि ‘एस्योर्ड बाईब्याक’ स्किम ल्याएको छ ।

नेपालमा टुनल्यान्ड पिकअपको सफलतासँगै ग्राहकको विश्वास थप बढाउन कम्पनीले यो अफर दिएको हो । यस योजनाअन्तर्गत टुनल्यान्ड ई पीकअप विक्री भएको पाँच वर्षपछि एमएडब्लु वृद्धि आफैंले निश्चित मूल्यमा किन्ने ग्यारेन्टि प्रदान गर्ने जनाएको छ । नेपालमा फोटनका उत्पादन सन् २०१९ देखि विक्री हुँदै आएका छन् । ती उत्पादनको प्रदर्शन सन्तोषजनक भएपछि एमएडब्लु वृद्धिले यस्तो विशेष योजना ल्याएको जनाएको छ ।

हाम्रा उत्पादनमाथि हाम्रो आफ्नै विश्वासको कारण हामीले ग्राहकलाई रिसेल भ्यालूको लागि ढुक्क हुने वातावरण निर्माण गर्न यो योजना ल्याएका हौं । हामीलाई विश्वास छ, आउँदा वर्षहरुमा हाम्रो पीकअपको भ्यालु उच्च रहनेछ । यसलाई विश्वस्त तुल्याउन हामीले बाई ब्याग स्किम ल्याएका हौं,’ एमएडब्लु वृद्धिका सेल्स हेड नविन आचार्यले भने ।

यससँगै एमएडब्लु वृद्धिले एक्सचेन्ज बोनसका रुपमा तीन लाख रुपैयाँ, अनलिमिटेड फ्रि रोडसाइड असिस्ट्यान्स र पाँच वर्षसम्म विस्तार गर्न सकिने निःशुल्क सर्भिसिङको समेत घोषणा गरेको छ ।

२.८ लिटरको इनलाइन ४ सिलिन्डर, इलेक्ट्रिकल्ली कन्ट्रोल्ड हाई प्रेसर कम रेलसहितको टर्बोचार्ज र इन्टरकुल फोरवाइड र ५ स्पिड म्यानुअल ट्रान्समिसन इन्जिन भएको टुनल्यान्ड ईले ३६०० आरपीएममा ८५ किलोवाट र २४०० आरपीएममा २८० एनएम टर्क उत्पन्न गर्छ । एक टन पेलोड क्यापासिटी भएको टुनल्यान्ड ईको कार्गो बक्सको आकार १.५२ मिटर बाई १.५८ मिटर बाई ०.४४ मिटर रहेको छ ।

फोटन चीन कमर्शियल भेहिकल ब्रान्ड हो, जसले सन् २०२० मा विश्वभर ६ लाख ८० हजार यूनिट गाडी विक्री गरेको थियो ।


Back_to_top