६ दिनपछि नेपालमै बनेको एड्भेञ्चर मोटरसाइकल सार्वजनिक हुने

काठमाडौं । इलेक्ट्रीक मोटरसाइकल उत्पादन गर्ने कम्पनी यात्री मोटरसाइकलले आफ्नो दोस्रो प्रोजेक्ट ‘पी-वान’ सार्वजनिक गर्ने भएको छ । कम्पनीले यसको जानकारी आफ्नो आधिकारीक फेसबुक पेजबाट गाएको हो ।

यात्रीको नयाँ मोडलको तयारी गरिरहेको समाचार मेरोअटोले यसअघि नै प्रकाशन गरेको थियो । अबभने कम्पनीले आफ्नो नयाँ उत्पादनको विषयमा पुष्टि गरेको छ ।

कम्पनीले आगामी शुक्रबार काठमाडौंमा एक कार्यक्रम आयोजनागरि ‘पी-०’को उत्पादन मोडल सार्वजनिक गर्ने छ भने नयाँ मोटरसाइकलको प्रोटोटाइप देखाउने छ । कम्पनीले बनाउने ‘पी-वान’ ड्युअल स्पोर्ट डिजाइनमा देखिएको छ ।

नेपाली युवा इन्जिनियर असिम पाण्डेको नेतृत्वमा नेपालमा नै डिजाइन गरिएको यात्री ‘पी-०’ले एक पटकको फुलचार्जमा २३० किलोमिटरको रेञ्ज दिने जनाइएको छ । ६४ हसै पावर प्रदान गर्ने क्षमता रहेको यो मोटरसाइकलले अन्तर्राष्ट्रिय मिडियामा पनि राम्रै चर्चा पाएको थियो ।


Back_to_top