यामाहा एफजेड एक्स १४९ सीसीको इन्जिनमा, दुई महिना भित्रै बजारमा आउने

काठमाडौं । यामाहाले सन् २०२० को अन्त्यमा ट्रेडमार्क दर्ता गराएको एफजेड एक्स १४९ सीसी क्षमताको इन्जिनमा आउने भएको छ । यसको इन्जिन सम्बन्धी विस्तृत विवरण सार्वजनिक भएसँगै नयाँ एफजेड एक्सको पावर पनि बाहिर आएको छ ।

यामाहा एफजेड एक्स यसअघि २५० सीसी क्षमताको इन्जिनमा आउने अनुमान गरिएको थियो । कम्पनीले यसलाई १४९ सीसी क्षमताको इन्जिनमा ल्याउने छ । एफजेड एक्समा दिएको इन्जिनले अधिकतम ७२५० आरपीएममा १२.४ हर्स पावर प्रदान गर्ने छ । यसमा ह्वीलवेस भने १३३० एमएमको रहने छ ।

एफजेड एक्सको लम्बाई २०२० एमएम, चौडाई ७८५ एमएम र उचाई १११५ एमएम रहने छ । जुन एफजेड एफआईभन्दा ठूलो हो । आगामी दुई महिना भित्रै बजारमा ल्याउने तयारीको साथ कम्पनीले काम गरिरहेको बताइएको छ ।

यामाहाको नयाँ मोडल एफजेड एक्स निकै फरक डिजाइनमा बजारमा आउने अपेक्षा गरिएको छ । भारतमा नै उत्पादन हुने एफजेड एक्स भारतमा विक्री सुरु भएको केहि महिनामा नै नेपाली बजारमा पनि उपलब्ध हुने अनुमान गरिएको छ ।


Back_to_top