तयार भयो एमजीको नयाँ इलेक्ट्रीक ह्याचव्याक

काठमाडौं । बेलायती ब्राण्ड एमजीले आगामी सेप्टेम्बरमा नयाँ ह्याचव्याक कार ‘एमजी फोर’ बेलायतबाट विक्री सुरु गर्ने भएको छ । कम्पनीले यसको राइड ह्याण्ड ड्राइभ तयार हुन लागेको जानकारी दिदै सेप्टेम्बरबाट विक्री सुरु गर्ने जनाएको हो ।

एमजीले नयाँ इलेक्ट्रीक ह्याचव्याकलाई ‘एड्भान्स मोडुलर स्केवल प्लेटफर्म (एमएसपी) आर्किटेक्चरमा तयार गरेको हो । यो कम्पनीले बनाएको प्योर ईभी प्लेटफर्म हो । रियर ह्वील ड्राइभ सिस्टममा रहने यो कारको ड्राइभिङ एक्सपीरियन्स राम्रो बनाउन एमजीले कुनै कसर बाँकी नराखेको जनाएको छ ।

एमजीले यसको लागि निकै पातलो साइजको ब्याट्री प्रयोग गरेको जनाएको छ । यसमा रहेको ब्याट्रीको हाइट ४.३ इन्च मात्रै रहेको छ । कम्पनीले यसलाई पनि जेडएस ईभीलाई जस्तै दुई ब्याट्री अप्सनमा ल्याउने छ । जसमा ५१ किलोवाट आवर र ६४ किलोवाट आवरको ब्याट्री उपलब्ध रहने छ । उक्त ब्याट्रीले क्रमशः ३५० र ४५० किलोमिटर रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ ।

नेपालमा इलेक्ट्रीक गाडीमा कर नै मोटर क्षमताको हिसावले लगाएको कारण धेरै मानिसको चासो यसमा रहेको मोटर साइजमा हुन्छ । एमजीले यसको सानो ब्याट्री भएको मोडलमा १२५ किलोवाट र ठूलो ब्याट्री भएको मोडलमा १५० किलोवाट क्षमताको मोटर दिएको छ ।

यो ह्याचव्याकले सून्यदेखि १०० किलोमिटरको स्पीड भेट्टाउन ८ सेकेन्ड लगाउँछ । यसको टप स्पीड क्षमता भने १६० किलोमिटर प्रतिघन्टा रहेको छ ।


Back_to_top