मासिक किस्ता २३ हजारमा एमजी कोमेट, केही दिनमै किन्दा नगद छुट

काठमाडौं । पारामाउन्ट मोटर्सले कोमेट ईभीमा केही नगद छुट दिइरहेको छ । कम्पनीले नयाँ वर्ष २०८१ को अवसर पारेर दिइरहेको स्कीममा ग्राहकले ७५ हजार नगद छुट पाउने छन् ।

कोमेटको मूल्य १७ लाख ९९ हजार र २० लाख ९९ हजार रुपैयाँ रहेको छ । यी दुबै भेरियन्टमा कम्पनीले अहिले ७५ हजार रुपैयाँ छुट पाउने छन् ।

बैशाख २८ गते शुक्रबारसम्म पाइने उक्त स्कीममा गाडी किन्ने ग्राहकले कम मूल्यको भेरियन्ट किन्दा ३ लाख ४४ हजार ८०० रुपैयाँ डाउन पेमेन्ट बापत बुझाउँदा पुग्छ । साथै, अहिलेको ब्याजदर अनुसार २२ हजार ८९० रुपैयाँ हाराहारी मासिक किस्ता तिर्दा कोमेट खरिद गर्न सकिन्छ ।

अहिले बैंक तथा वित्तिय संस्थाले १० प्रतिशतभन्दा कम ब्याजदरमा नै गाडी कर्जा उपलब्ध गराउन थालेका छन् । सबै किसिमका ईभीले ७ वर्षे कर्जा सुविधा पाउने भएको कारण कोमेट ईभीको इन्ट्री भेरियन्ट किन्ने ग्राहकले मासिक किस्ता पनि थोरै तिर्दा पुग्छ ।

यदि डाउन पेमेन्ट वापत ५० प्रतिशत रकम सुरुमा तिर्ने ग्राहकले मासिक किस्ता अत्यन्त कम तिर्दा पुग्छ । तपाईले ५० प्रतिशत सुरुमा डाउन पेमेन्ट गरेर कोमेट किन्नुभयो भने मासिक रुपमा पेट्रोल हाल्ने रकमले नै किस्ता तिर्न पुग्छ ।

५० प्रतिशत डाउन पेमेन्ट गरेर कोमेट किन्ने मानिसले मासिक १४ हजार ३०० रुपैयाँ हाराहारी मासिक किस्ता तिर्दा पुग्छ ।

यस्तो छ कोमेट ईभी

एमजी कोमेटको दुवै भेरियन्टमा कोमेटरमा ३१.२६ किलोवाट आवरको मोटर र १७.३ किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ । कोमेटको अधिकतम पावर ४२ हर्सपावर र ११० न्यूटन मिटर टर्क हो । यो कारले सिंगल चार्जमा २३० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दावी छ ।

यो मिनी ईभीको फ्रन्टमा आकर्षक एमजी ब्रान्डिङ गरिएको छ भने डुअल, भर्टिकल्ली स्ट्याक्ड हेडल्याम्प, एलइडी डीआरएल, एलइडी लाइट पनि दिइएको छ ।

टप भेरियन्टमा १०.२५ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम पनि छ । तर, इन्ट्री भेरियन्टमा १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल मात्रै पाउन सकिन्छ । भोइस कमाण्ड, मल्टी फङ्सनल स्टेरिङ ह्वील जस्ता फिचर कोमेट ईभीमा छन् ।


Back_to_top