लग्जरी ब्राण्डमा झुम्मिदै भारतीय उपभोक्ता

काठमाडौं । भारतीय बजारमा लग्जरी ब्राण्डको बिक्री २० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । आर्थिक वर्ष २०२३÷२४ मा ४५ हजार यूनिटभन्दा बढी लग्जरी ब्राण्डका उत्पादन बिक्री भएका हुन् ।

‘जेएटीओ डाइनामिक इन्डिया’का अनुसार एक वर्षमा ४५ हजार ३११ यूनिट लग्जरी ब्राण्डका विद्युतीय गाडी बिक्री भएका हुन् । त्योभन्दा अघिल्लो आर्थिक वर्षमा ३७ हजार ६१५ यूनिट लग्जरी कार बिक्री भएको थियो ।

भारतमा गत एक वर्षमा लग्जरी एसयूभीको बिक्री २७ हजार ४८९ यूनिट भएको थियो । एसयूभी सेग्मेन्टमा ३४ प्रतिशतले बिक्री बढेको हो । सेडान कारको बिक्री भने ६ प्रतिशतले घटेको हो । गत वर्ष १७ हजार ५६९ यूनिट लग्जरी सेडान कार बिक्री भएको थियो ।

लग्जरी ब्राण्डमा सबैभन्दा धेरै कार मर्सिडिज बेन्जले बिक्री गरेको छ । यसले कुल १७ हजार १३ यूनिट बिक्री गरेको हो । दोस्रो स्थानमा रहेको बीएमडब्लूले १४ हजार ४७९ यूनिटसहित दोस्रो स्थानमा कब्जा जमाउँदा ७ हजार २७ यूनिट बिक्री गर्दै अउडी तेस्रो स्थानमा देखिएको हो ।

भोल्भोले ३ हजार ६१ यूनिट कार बिक्री गर्दा ल्याण्डरोभरले २ हजार ५२२ यूनिट कार बिक्री गरेको छ । मिनी कुप्परले भारतमा ९३७ यूनिट कार बिक्री गर्दा ल्याण्डरोभरले २७२ यूनिट कार बिक्री गरेको थियो ।

भारतमा प्रिमियम कार बजारमा सबैभन्दा धेरै ३७ प्रतिशत बजार हिस्सा मर्सिडिजसँग छ । दोस्रो स्थानमा रहेको बीएमडब्लूसँग ३२ प्रतिशत, अउडीसँग ७.०२७, भोल्भोसँग ६ प्रतिशत, मिनीसँग २ प्रतिशत र ल्याण्डरोभरसँग १ प्रतिशत बजार हिस्सा रहेको छ ।


Back_to_top