बेलायती कार निर्माता कम्पनी एमजीले भारतमा उत्पादन गरेको पहिलो एसयूभी हेक्टर १० दिनपछि अर्थात मे १५ तारिकमा सार्वजनिक गर्ने भएको छ । गत महिना कम्पनीले कारको औपचारिक डिसप्ले गरेको थियो ।
एमजीले ल्याउने नयाँ कारमा १०.४ इन्च टचस्क्रीन सहितको इन्फोटेनमेन्ट सिस्टम दिइएको छ भने एमजी हेक्टरमा कनेक्टिभिटीको विशेषता समेटिएको छ । हेक्टरमा रहेको आइ–स्मार्ट सिस्टमले कनेक्टिभिटीमा सहयोग गर्ने छ । यो कारमा इन्टरनेट प्रोटोकल भर्सन ६ (आइपीभी–६) सपोर्ट गर्ने सिमकार्ड रहने छ । त्यस्तै यो कारले ५–जीसमेत सपोर्ट गर्नेछ ।
एमजी हेक्टर १.५ लिटर टर्बोचार्ज्ड, पेट्रोल इन्जिन र २.० लिटर फोर सिलिन्डर टर्बो डिजेल इन्जिनमा उपलब्ध हुनेछ । एमजीले उक्त इन्जिन फियाटबाट लिएको हो । जसलाई टाटाले ह्यारीयर र जीपले कम्पासमा समेत प्रयोग गरेको छ । यसमा दिइएको डिजेल इन्जिनले १४३ बीएचपी पावरका साथै २५० एनएमटर्क उत्पादन गर्छ । इन्जिनमा ६ स्पीड म्यानुअल ट्रान्समिसन लगाइएको छ ।
एमजी हेक्टरमा क्लाउड वेस ओटीए (ओभर द एयर) हुनेछ भने यसको अर्को मुख्य विशेषता एआई (आर्टिफिसियल इन्टेलिजेन्स) भ्वइस असिस्ट सिस्टम पनि रहने छ । यसमा १ सय भन्दा धेरै फङ्सन एक्टिभ हुनेछ ।
एमजीको हेक्टर एआई सुपेरियर युजर एक्सपेरियन्स सहित भारतमा आउने पहिलो कार हुनेछ । हेक्टरको क्याविन एआई असिस्टबाट नेभिगेसन, क्लाइमेट कन्ट्रोल, सनरुफ अप्रेसन लगायत चलाउन सकिने कम्पनीले जानकारी दिएको छ ।
एमजीको आइस्मार्ट एप्लिकेशन मार्फत सर्भिसको स्टाटस र रिमाइन्डर, डोर लक अन लक, हरेक टायरमा भएको प्रेसर, लाइभ लोकेसन जस्ता कुराको जानकारी पाउन सकिन्छ ।
नेपाली बजारमा पारामाउन्ट मोटर्सले एमजीका उत्पादन बिक्री वितरण गर्दै आएको छ । कम्पनी स्रोतका अनुसार एमजी हेक्टर भदौको पहिलो साता अर्थात नाडा अटो शो २०१९ मा सार्वजनिक गर्ने प्रयास भइरहेको छ ।


