यस्ता ठाँउमा इलेक्ट्रीक सावरी चार्जिङ स्टेसन बनाउन प्राधिकरणले माग्यो प्रस्ताव

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले इलेक्ट्रीक सवारी चार्जिङ स्टेसन बनाउन प्रस्ताव माग गरेको छ । प्राधिकरणले ‘डीसी बुस्ट’ चार्जिङमार्फत फास्ट चार्ज गर्न मिल्ने स्टेसन बनाउनका लागि इच्छुकहरुलाई प्रस्ताव पेश गर्न आग्रह गरेको हो ।  

प्राधिकरणले कम्तिमा ५० वटा सवारीसाधन पार्किङ गर्न सक्ने र ३ वटा विद्युतीय सवारी चार्ज गर्न सक्ने डेडिकेटेड पार्किङ स्पेश उपलब्ध गराउन भनेको हो । चार्जिङ स्टेसन स्थापना गर्न चाहनेले सर्वसाधारणको बढी आवतजावत भइरहने, सहज पहुँच भएको ठाउँमा चार्जिङ स्टेसन बनाउन सकिक्ने छन् । 

व्यापारिक भवन, सुपरमार्केट, सिनेमा हल, पार्क, विश्वविद्यायल, सरकारी निकाय, अस्पताल र होटल चार्जिङ स्टेसन बनाउन उपयुक्त हुनेछ । चार्जिङ स्टेसन निर्माणको काम विद्युत प्राधिकरण आफैँले गर्ने भएको छ । सरकारले विद्युतीय सवारीलाई प्राथमिकता दिने नीति लिए अनुसार यस्ता स्टेशन निर्माण गर्न लागेको हो । 


Back_to_top