आवाजबाट नियन्त्रण गर्न सकिने एमजी हेक्टर आज सार्वजनिक हुँदै, आउला नेपाल

बेलायती कार ब्रान्ड एमजीले भारतीय बजारमा प्रिमियम एसयूभी हेक्टर आज औपचारिक सार्वजनिक गर्दैछ । एमजीले ल्याउने नयाँ कारमा १०.४ इन्च टचस्क्रीन सहितको इन्फोटेनमेन्ट सिस्टम रहने छ । एमजी हेक्टरमा आइ–स्मार्ट  कनेक्टिभिटीको विशेषता समेत रहेको छ । यसअघि टेस्लाले यस्तो कनेक्टिभिटी जडान गर्दै आएको छ ।

हेक्टरमा रहेको आइ–स्मार्ट सिस्टमले कनेक्टिभिटीमा सहयोग गर्ने छ । यो कारमा इन्टरनेट प्रोटोकल भर्सन ६ (आइपीभी–६) सपोर्ट गर्ने सिमकार्ड रहने छ । त्यस्तै यो कारले ५–जीसमेत सपोर्ट गर्नेछ ।

एमजी हेक्टरको लेन्थ ४६ सय ५५ एमएम, वाइट १८ सय ३५ एमएम, हाइट १७ सय ६० एमएम, ह्वीलवेस २७ सय ५० एमएम र ग्राउन्ड क्लियरेन्स १ सय ९२ एमएम रहेको छ । 

हेक्टर १.५ लिटर पेट्रो इन्जिनले १४३ पीएस, २५० एनएम टर्क, ६ स्पीड ट्रान्समिसन र माइलेज १४.१ किलोमिटर प्रतिलिटर दिने बताइएको छ । त्यस्तै डिजेल भर्सजमा २.० लिटर इन्जिन जसले १७० पीएस, ३५० एनएम टर्क, ६ स्पीड ट्रान्समिसन र १७.४ किलोमिटर प्रतिलिटर माइलेज दिने दाबी कम्पनीले गरेको छ । हेक्टरको सुरुवाती मूल्य १४ लाख भारु पर्ने अनुमान भारतीय मिडियाले गरेका छन् । 

एमजी हेक्टरमा क्लाउड वेस ओटीए (ओभर द एयर) हुनेछ जसको सहयोगमा डाटा डाउनलोड समेत गर्न सकिने छ । हेक्टरमा रहेको इकल मार्फत एमजीका उपभोक्ताले पल्स हबमा सम्पर्क गर्न सक्ने छन् । यसका लागि उपभोक्ताको फोन रजिस्टर गर्नु पर्ने हुन्छ ।

एमजी हेक्टरमा एआइ (आर्टिफिसियल इन्टेलिजेन्स) भ्वइस असिस्ट सिस्टम पनि रहने छ । यसमा १ सय भन्दा धेरै फङ्सन एक्टिभ हुनेछ । एमजीको हेक्टर एआइ सुपेरियर युजर एक्सपेरियन्स सहित भारतमा आउने पहिलो कार हुनेछ ।

हेक्टरको क्याविन एआइ असिस्टबाट नेभिगेसन, क्लाइमेट कन्ट्रोल, सनरुफ अप्रेसन लगायत चलाउन सकिने छ । हेक्टरमा भएको उक्त एआइ वेसलाई माइक्रोसफ्ट इन्टेलिजेन्ट सेक्युरिटी र जियो–फेन्सिङले सुरक्षा प्रदान गर्नेछ ।

एमजीको आइस्मार्ट एप्लिकेशन मार्फत सर्भिसको स्टाटस र रिमाइन्डर, डोर लक अनलक, हरेक टायरमा भएको प्रेसर, लाइभ लोकेसन जस्ता कुराको जानकारी पनि दिनेछ । 

आउला नेपाल ?

नेपालमा एमजीको आधिकारीक बिक्रेता पारामाउन्ट मोटर्सले भारतीय बजारमा उत्पादन भएको पहिलो एसयूभी हेक्टरलाई नेपाल ल्याउने विषयमा कुराकानी भइरहेको जानकारी दिएको छ । यद्यपी कम्पनीले कुन मितिबाट नेपालमा यसको बिक्री वितरण हुने छ भन्ने विषयमा भने केही जनाएको छैन । 


Back_to_top