एमजीले भारतीय बजारमा उत्पादन गर्ने पहिलो एसयूभीमा १.५ लिटर टर्बोचार्ज्ड इन्जिन दिने भएको छ । यसको डिटेल रिपोर्ट अटोकार इन्डिया म्याग्जीनले प्रकाशित गरेको छ ।
रिपोर्टकाअनुसार कम्पनीले ल्याउने नयाँ एसयूभीले १४३ पीएस पावर र २५० एनएम टर्क जेनेरेट गर्नेछ ।
एमजीले भारतीय बजारमा उत्पादन गर्ने पहिलो एसयूभी हेक्टरमा ६ स्पीड म्यानुयल ट्रान्समिशन र ६ स्पीड डियुल क्लच अटोमेटिक ट्रान्समिशन दिइएको छ । यसलाई कम्पनीले बजारमा ल्याउनु अगाडि विश्वभर २६ लाख किलोमिटर परिक्षण गर्ने जनाएको छ ।
यो गाडी सेग्मेन्टमै बसैभन्दा ठूलो १०.४ इन्चको पोटेट्–स्टाइल इन्फोटेन्टमेन्ट सिस्टम रहने जनाइएको छ । साथै, ७ इन्चको ड्राइभर इन्र्फमेशन डिस्प्ले, पानारोमिक सनरुफ, पावर एड्जस्टेवल सिट, हर्मोनको इन्फिनिटि अडियो सिस्टम, ३६० डिग्री क्यामेरा जस्ता फिचरहरु रहने छन् ।
यसलाई कम्पनीले संभवत २०१९ मे महिनाबाट भारतमा बिक्री वितरण सुरु गर्नेछ । नेपाली बजारमा पनि एमजीको पारामाउन्ट मोटर्सले बिक्री वितरण गर्दै आएको छ । नेपाली बजारमा भारतमा बनेको एमजीका गाडीहरु २०२० को सुरुवातबाटै बिक्री वितरण हुने अनुमान गरिएको छ ।

