काठमाडौं । एमजीले एस-५ मोडल नेपालमा बिक्री सुरु गर्ने तयारी गरिरहेको छ । पारामाउन्ट मोटर्सले चाँडै नेपाली बजारमा ल्याउने तयारी गरेको ‘एस-५’ भारतमा प्रदर्शनी भएको छ ।
भारत मोविलिटी एक्स्पो २०२५ मा प्रदर्शनी भएको एमजी एस-५ जनवरी अन्तिमसम्ममा नेपालमा बुकिङ खुला हुने अनुमान गरिएको छ । प्योर ईभी प्लेटफर्ममा बनेको एस-५ एमजी-४ कै प्लेटफर्ममा बनेको हो ।
रियर ह्वील ड्राइभ सिस्टममा आउने एमजी एस-५ एसएआइसी ग्रुपले बनाएको नेबुला प्लेटफर्ममा तयार भएको हो । रियर ह्वीलमा मोटर, फाइभ लिङ्क इन्डीपेन्डेन्ट सस्पेन्स र एड्भान्स ड्राइभर असिस्ट सिस्टम भएको कारण यसको ड्राइभिङ डाइनामिक्स उत्कृष्ट हुनेछ ।
एमजी एस-५ ले ब्राण्डको सार्प एस्थेठीक र मोर्डन डिटेलसहित पछिल्लो डिजाइन ल्याङ्वेजलाई फलो गरको छ । यसको फ्रन्टमा सार्प एलइडी रनिङ लाइट र अग्रेसीभ डिजाइनको बम्पर पाउन सकिन्छ ।
एमजीले एस-५ को क्याविनमा मिनिमलीस्टीक डिजाइन अप्रोच राखेको छ । यसको ड्यासबोर्डको बीचमा १५.६ इन्चको फ्लोटिङ टचस्कृन रहेको छ । जहाँ ड्राइभर इन्फर्मेसनको लागि छुट्टै १०.२५ इन्चको एलसीडी इन्ट्रुमेन्ट क्लस्टर पाउन सकिन्छ ।

यसमा दिएको क्लोजअफ फ्रन्ट ग्रील, वाइड प्लास्टीक ह्वील आर्क तथा कर्भ बनेट लाइनले गाडीलाई बल्की देखाएको छ । एमजीको एस-५ को लम्बाइ ४४७६ एमएम, चौडाइ १८४९ एमएम र उचाइ १६२१ एमएम छ । यसमा २७३० एमएम लामो ह्वील वेस पाउन सकिन्छ । यसमा कम्पनीले अहिलेसम्मकै सबैभन्दा पातलो ११० एमएम उचाइ भएको ब्याट्री प्रयोग भएको छ ।
एमजी एस-५ मा थ्री स्पोक फ्ल्याट बटम स्टेरिङ ह्वील दिइएको छ । स्टेरिङ कोलुममै रहेको गियर सिफ्टरले चालकलाई एकदमै सजिलो बनाएको छ । कम्पनीले यसलाई ४९.१ र ६२.२ किलोवाट आवरको एलएफपी ब्याट्री प्याकमा ल्याउने छ । नेपाली बजारमा ९९ किलोवाट क्षमताको मोटरमा उपलब्ध हुनेछ ।

