काठमाडौं । भारतीय बजार प्रबेश गरेको भिनफास्ट एकसाथ थुप्रै मोडल लिएर प्रबेश गरेको छ । कम्पनीले अटो एक्स्पोमा सानो माइक्रो एसयूभी भिएफ-३ देखि भिएफ-६ र भिएफ-७ मोडल देखायो ।
भारतमा प्लान्ट निर्माण गरिरहेको भिनफास्टले इलेक्ट्रीक पीकअप पनि प्रदर्शनीमा राखेको छ । भारत मोविलिटी एक्स्पो २०२५ मा पहिलो पटक सहभागि भएको भिनफास्टको स्टलमा धेरै भिडभाड भएको स्टलमा पर्छ ।

विद्युतीय सवारीसाधनमा आफ्नो अलग पहिचान निर्माण गर्न लागि परेको भिनफास्ट, युरोप, अमेरिका हुँदै भारतमा समेत आफ्नो उत्पादन बिक्रीको लागि तयार भएको हो । नेपालमा पनि विशाल ग्रुप अन्तर्गतको कम्पनीले भिनफास्टको डिलरसिप लिइसकेको छ ।
सन् २०२५ भित्रै भारतमा उत्पादन सुरु हुने अनुमान गरिएको भिनफास्टका विद्युतीय कारले कस्तो बजार पाउँछ, अहिल्यै एकिन गर्न सकिदैन । तर, साना एसयूभीदेखि ठूला एसयूभी र पीकअपसम्मको मोडल लिएर आउने भिनफास्ट पक्कै धेरैले चासो राख्ने ब्राण्ड बन्ने छ । भारतमा उत्पादन सुरु भएपछि मात्रै भिनफास्टका कार नेपाल आउने अनुमान गर्न सकिन्छ ।
सानो माइक्रो एसयूभी, ठूला एसयूभी र पीकअप एकसाथ देखाएकै कारण धेरैले भिनफास्ट ब्राण्डमा रुची देखाएका हुन् । त्यसमा पनि मोर्डन डिजाइन र टेक्नोलोजीमा भिनफास्ट अब्बल कम्पनी बन्दै गएको कारण उपभोक्ताको चासो बढेको मान्न सकिन्छ ।

