अत्याधुनिक सुविधासहित एमजीको नयाँ शोरुम नक्शालमा, यस्ता छन् उत्पादन

काठमाडौं । एमजी (मोरिस ग्यारेज)को नेपालको लागि आधिकारीक वितरक पारामाउन्ट मोर्टसले आफ्नो नयाँ शोरुम नारायण चौर नक्सालमा संचालनमा ल्याएकाे छ । 

उक्त नयाँ शोरुमको उद्घाटन नेपालका लागि बेलायती राजदूत रिचर्ड मोरिसले गरेका हुन् । एमजीका गाडी १९२१ देखि बेलायतमा उत्पादन सुरुभएको हो । यो कार सुरुवाति समयमा विलियम मोरिसले अटोमोवाइल इन्जीनियर सेसिल किम्बरलाई हायर गरेका थिए ।

‘स्टेट अफ आर्ट शोरुम’को सुविधा भएको एमजी मोटर्सको अन्तर्राष्ट्रिय कन्सेप्टमा आधारित अत्याधुनिक शोरुमबाट उपभोक्ताले उच्च कोटीको सेवा प्राप्त गर्न सक्ने छन् ।

 

कम्पनीका उत्पादन विश्वका धेरै सेलिब्रेटी, बेलायती प्रधानमन्त्री र धेरै राजपरिवारका सदस्यको रोजाईमा परिसकेको छ । कम्पनीले २०१४ मा मेन्युफ्याक्चरर च्याम्पीएनसीपसमेत जीतेको थियो ।  

उद्घाटनपछि पारामाउन्ट मोटर्सका जनरल मेनेजर सचिन अर्यालले भने ‘एमजी एक विश्वको सबैभन्दा छिटो प्रगति गरिरहेको मोटर कम्पनी मध्येको एक हो । यो शोरुमको उद्घाटनसँगै यसले नेपालमा एमजीको बजार हिस्सामा निकै वृद्धि हुने अपेक्षा गर्न सकिन्छ ।’ 

२०१९ बाट भारतमा उत्पादन सुरुभएसँगै दक्षिण एसीयाको बजारमा यसको उपस्थिती अझ बलियो हुनेछ अर्याललको दाबी रहेको छ । 

कम्प्याकट र प्रिमियम एसयूभीमा केन्द्रित

सेडानको विकल्प हुनसक्ने एमजीका जीएस र जेडएस मोडलका कम्प्याक्ट र प्रिमिएम एसयुभी नेपाली बजारमा उपलब्ध रहेको छ । यसले उत्कृष्ट इन्जिनियरीङ, स्टाईल, सेफ्टी र आरामदायी विशेषतालाई बढवा दिने कम्पनीको दाबी रहेको छ ।

एमजीले सधै आफ्ना मोडलहरुमा पावर र सेफ्टीलाई मुख्य फिचरको रुपमा राखेर कारको उत्पादन गर्ने गर्छ । साथै, सेफ्टी एयरब्याग, उत्कृष्ट निर्माण क्वालीटी र पावरफुल इन्जिन यसका अन्य विशेषता हुन् । एनक्याप अष्टेलियाले यसलाई क्रयास टेष्टमा ५ स्टारको रेटीङ्ग दिएको छ ।

एमजी जिएसः एमजी जिएस उत्कृष्ट फुल अप्सन एसयुभी हो । यसमा अटोमेटिक हेडल्याम्प देखि क्रुज कन्ट्रोलसम्मका फिचर रहेको छ । 

जीएस २.० लिटर इन्जिन, टर्बो ४ सिलिन्डरमा उपलब्ध रहेको छ । यो कारले ५३०० आरपीएममा २१८ बिएचपी पावर र २५०० आरपीएममा ३५० एनएम टर्क उत्पादन गर्छ । यो कारमा अल ह्वील ड्राइभ सुविधा रहेको छ । 

यो एसयुभीको उचाई १६९९ एमएम रहेको छ भने, यसको लम्बाई ४५०० एमएम रहेको छ । 

एमजी जेडएसः यो कारमा दिइएको ४ सिलिन्डर पेट्रोल इन्जिनले १०४ बिएचपी पावर र १४१ एनएम टर्क उत्पादन गर्छ । यसको उचाई १६४८ एमएम रहेको छ भने, यसको लम्बाई ४३१४ एमएम रहेको छ । यसको ह्वीलवेस २५८५ एमएम रहेको छ । यसमा ४८ लीटर क्षमताको फियुल ट्याङक दिइएको छ ।

यसका अलावा कम्पनीले प्रिमियम सेडान एमजी ६ र सानो ह्याचब्याक एमजी ३ नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ । 


Back_to_top