नेपाल आयो जीप कम्पास, यस्तो छ १० भेरिएन्टको मूल्यसूची

काठमाडौं । निकै लामो समयदेखि नेपाली बजारमा आउने चर्चा गरिएको जीप कम्पास नेपाली बजारमा प्रबेश गरेको छ । 

एमएडब्ल्यु लाईफले नेपाली बजारमा भित्र्याएको जीपको शोरुम काठमाडौंको नारायणचौरमा निर्माण भएको छ भने शोरुममा गाडी डिस्प्ले गरिएको छ । 

अहिले कम्पनीले कम्पासको पेट्रोल भर्सनमा ३ भेरिएन्ट ल्याएको छ भने, डिजेल भर्सनमा ७ भेरिएन्ट ल्याएको छ । 

अन्य फिचरकोलागि यहाँ क्लिक गर्नुहोस्

जीपको सुरुवाति मोडल स्पोर्ट १.४ मल्टीएयर पेट्रोलको मूल्य ६८ लाख ५० हजार तोकिएको छ भने, सबैभन्दा महंगो डिजेल लिमिटेड २.० ४बाई४ को मूल्य ९६ लाख ५० हजार तोकिएको छ । 

इन्जिन

कम्पास १.४ लिटरको टर्बोचाज्र्ड पेट्रोल इन्जिन र २.० लिटरको डिजेल इन्जिनमा उपलब्ध रहेको छ । दुवै इन्जिन अप्सनमा ६–स्पिडको म्यानुअल ट्रान्समिसन छ । पेट्रोल इन्जिनमा अटोमेटिक ७–स्पिड डुअल क्लच ट्रान्समिसन पनि रोज्न सक्नु हुन्छ । कम्पास डिजेल इन्जिनमा ४बाई४ अप्सनमा पनि उपलब्ध रहेको छ । 

फिचर 

फिचरको मामिलामा पनि कम्पास ‘वेल–लोडेड’ छ । यसको टप एन्ड भेरियन्टमा ६ एयरब्याग, एबीएस, इएसपी, ट्रयाक्सन कन्ट्रोल, हिलहोल्ड, ‘स्नो, स्यान्ड, मड र अटोमेटिक मोड’सहितको फोर ह्विल ड्राइभ सिस्टम जस्ता फिचरको लामो सूची छ, जसले ग्राहकलाई आर्कषित गर्ने छ । कम्पासमा लेदर सिट, एन्ड्रोइड अटो र एप्पल कारप्ले भएको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र पावरफुल स्पिकर सिस्टमसमेत दिइएको छ । 

पावर

कम्पास सेग्मेन्टकै सबैभन्दा पावरफुल एसयुभी हो । यसको डिजेल भर्सनलाई २.० लिटर मल्टिजेट इन्जिन छ जसले १७३ बीएचपी पावर – ३५० एनएम टर्क बराबरको अधिकतम पावर निकाल्छ भने १.४ लिटर टर्बोचाज्र्ड पेट्रोल इन्जिनले १६३ बीएचपी पावर–२५० एनएम टर्क उत्पन्न गर्छ । 


Back_to_top