इमरान खानले विलासी ८० वटा गाडी लिलाम बिक्री गर्ने

पाकिस्तानका नवनियुक्त प्रधानमन्त्री तथा पुर्व क्रिकेटर इमरान खानले राष्ट्रको नाममा संबोधन गर्दै प्रधानमनत्रीका विभिन्न सुविधाहरु कटौती गर्ने घोषणा गरेका छन् ।

प्रधानमन्त्रीका लागि छुट्याइएको ३३ वटा बुलेट्प्रुफ कारसहित ८० वटा गाडीलाई लिलाम बिक्री गरी गरिबीका कारणले हाल बिद्यालय भन्दा बाहिर रहेका करिब २ करोड विद्यार्थीलाई पुनः स्कुल भर्ना गर्न खर्च गरिने उनले बताए । जसबाट ५० मिलीयन पाकिस्तानी रूपैया जम्मा हुने अपेक्षा गरिएको छ ।

उनले यी सबैकारहरू अर्को महिना नै लिलामीमा राख्ने जनाएका छन् । तर यी मध्ये सुरक्षाका कारण दुईवटा कार भने आफूसँगै राख्ने उनले सम्बोधनका क्रममा बताए । 

केहि समय अघि इम्रान खानको लागि ६ वटा मर्सडिजका लग्जरियस कार मेव्याक मोडल खरिद गरिएको हल्ला बाहिर आएको थियो तर ती कारहरु उनको लागि नभई सार्क सम्मेलनको लागि मगाईएको थियो ।

त्यस्तै  प्रधानमन्त्रीको लागि छुट्याइएको अतिरिक्त हेलीकोप्टरलाई बिक्री गरी मातृशिशु मृत्‍युदर घटाउने श्वाश्थय योजनामा  प्रयोग गरिने जनाएका छन्।

प्रधानमन्त्री इमरान खानद्वारा प्रधानमन्त्रीका सहयोगी र सहायकका रुपमा कार्यरत रहने ५२४ को जम्बो टिमलाई २ जनामा झार्ने घोषणा गरेका छन् ।

दरबार जस्तो प्रधानमन्त्री निवासलाई विश्वविधालयमा रुपान्तरित गरी आफु सामान्य तीन बेडरुमको घरमा बस्ने योजना उनले सुनाए । 


Back_to_top