धनाढ्य तथा शक्तिशाली व्यक्ति अन्तिम संस्कारमा समेत पैसाको ताकत देखाउन पछि पर्र्दैनन् । दुनियाँभरका अर्बपति अन्तिम संस्कारमा सम्पत्तिको प्रभाव झल्काउन अनेक योजना बनाउने गर्छन् । उनीहरू, ४८ हजार डलर मूल्यको सुनको कफिनको प्रयोग गर्नेदेखि बहुमूल्य गाडी रोल्स रोयल्सको अन्तिम सवारी गर्नेसम्मका योजना बनाउँछन् ।
कतिपयले आप्mनो अन्तिम संस्कारका लागि लक्जरी लोकेशनको छनौटमात्रै गर्दैनन् । साथीभाई तथा इष्टमित्रलाई आमन्त्रित गर्ने गर्छन् । ब्लमवर्गको एक रिपोर्टकाअनुसार कतिपय अर्बपति रोल्स रोयल्सलाई यति मन पराउँछन् कि आफ्नो अन्तिम क्षणमा समेत यसमा सवार गर्ने इच्छा प्रकट गर्ने गर्छन् ।
अन्तिम श्वासमा, रोल्स रोयल्सको साथ
एडब्ल्यू लायम फ्यूनरल होमका सीईओ निगेल लायमको अनुभवअनुसार कतिपय धनी मानिस आफ्नो पुरै जीवनकाल रोल्स रोयल्सको साथमा बिताउँछन् । साथै, सोही कारमा अन्तिम श्वास फेर्ने इच्छा प्रकट गर्छन् । क्लोन्च कन्सल्टिङ ग्रुपका सीईओ टेड क्लोन्च अर्बपति व्यक्तिको जीवन निकै प्रतिस्पर्धामा चल्ने भएकाले निक्कै एग्रेसिभ कम्प्लीकेट हुने बताउँछन् । जसको असर उनीहरूको मृत्युमा समेत देखिने उनको अनुभव छ ।
बाजागाजासहित अन्तिम बिदाई
कतिपय मानिसले आफ्नो मृत्युमा प्राइभेट जेटबाट इच्छाइएको पूmलको वषात् नै चाहाने गर्छन् । फ्रान्क–ई च्यापेलका जीएम बिलानोबा कानुनलाई ध्यानमा राख्दै धनाढ्य क्यक्तिको फर्माइस् पूरा गर्ने गरेको बताउँछन् ।
मृत्युको डिल लक्जरी कारसँग
प्राइभेट लक्जरी म्यानेजर्स तथा एकाउन्टेन्स आफ्नो धनाढ्य क्लाइन्टलाई आफ्नो मृत्युसँग डिल गर्न सल्लाह दिन्छन् । साथै, उनीहरूको मृत्युलाई लक्जरी कारको नजरबाट मूल्याङ्कन गर्ने गरिन्छ । यद्यपि, निश्चित इकोनोमिकल लेभलका कारण अन्तिम यात्राको प्लानिङकै लागि ट्याक्स तिनुपर्ने हुन्छ । जसको लागि लाखौँ डलर खर्चिनुपर्ने हुन्छ ।

