काठमाडौं । एमजीले भारतमा बनाइरहेको नयाँ एसयूभीको प्याटेन्ट दर्ता गरेको छ । कम्पनीले ‘एमजी स्टारलाइट ५६०’ नाम दिएर नयाँ एसयूभीको प्याटेन्ट दर्ता गराएको हो ।
एमजी इन्डियाले यस अघिदेखि विलिङ ब्राण्डको एयर मिनी र क्लाउड ईभीलाई भारतमा उत्पादन गर्दै आएको थियो । कम्पनीले विलिङ एयर मिनीलाई कोमेट र क्लाउड ईभीलाई विन्डसर नामबाट उत्पादन गर्दै आएको छ ।
नयाँ मोडल पनि विलिङकै ‘स्टारलाइट एस’ मोडलको एसयूभीको पेटेन्ट दर्ता गराएको हो । एमजीले भारतमा बनाउने नयाँ एसयूभीमा डबल लेयर लेमिनेटेड ग्लास र लेभल २ एड्भान्स ड्राइभर असिस्ट सिस्टम रहनेछ ।
चिनियाँ बाजरमा विलिङ स्टारलाइट एस मोडल प्लगइन हाइब्रिड र प्योर ईभी अप्सनमा बिक्री सुरू हुँदैछ । भारतमा पनि प्लगइन हाइब्रिड र ईभीमै बनाउने भएको हो ।
मिड साइज एसयूभीको रूपमा आउने गाडी ‘टियान्यु डी प्लेटफर्म’मा बनेको हो । ४७४५ एमएम लामो, १८९० एमएम चौडा र १६८० एमएम उचाइ रहने एसयूभीमा २८०० एमएम लामो ह्वीलबेस रहने छ । यसको ड्रयाग कोफिसियन्ट ०.२७७ रहेको छ ।

लेवल २ इन्टेलिजेन्ट ड्राइभर असिस्ट सिस्टमसँगै २ मेगापिक्सेलको हाइडेफिनेस क्यामरा रहने छ । उक्त क्यामेराले १०० डिग्रीको वाइड एङ्गलसम्म डिटेक्ट गर्छ । क्यामराले ७० मिटर टाढा रहेको मानिस र १५० मिटर टाढासम्मको भेहिकल डिटेक्ट गर्छ ।
यसमा ८० किलोमिटर प्रतिघण्टाको स्पीडसम्म इमेर्जेन्सी ब्रेकिङ, फर्वाड कोलुजन वार्निङ, लेन डिपार्चर वार्निङ, ट्राफिक साइन रिकग्नेशन, एडाप्टिभ कु्रज कन्ट्रोल, ट्राफिक जाम असिस्ट जस्ता फिचर रहने छन् ।
बाहिरको आवाज भित्र आउन नदिन मल्टिलेयर साउण्ड एब्जर्सन र साउण्ड इन्सुलेसन मेटेरियल दिइएको छ । ९ वटा स्पीकरसहित ४५ वटा साउण्ड प्याकेज रहेको छ ।
चालकका लागि यसमा र्याप अराउण्ड प्रेसर रिलिभिङ सिटको प्रयोग भएको छ । ड्राइभर सिट ६ वे एड्जस्टेबल, को–ड्राइभर सिट ४ वे इलेक्ट्रीक एट्जस्टेबल छ । यसको फ्रन्ट दुवै सिटमा भेन्टिलेसन तथा हिटिङ सुविधा पाउन सकिन्छ ।
रियर सिट पनि हिटिङ फिचरसहित १२७ डिग्रीसम्म एड्जस्ट गर्न सकिने किसिमको छ । उक्त एसयूभीमा १.१८ स्क्वायर मिटरको विशाल पानारोमिक सनरुफ छ । इन्टेरियरमा ८.८ इन्चको फुल एलसीडी इन्ट्रुमेन्ट प्यानल र १५.६ इन्चको फ्लोटिङ सेन्टर कन्ट्रोल स्क्रीन छ ।
कम्पनीले यसमा १५० किलोवाटको इलेक्ट्रीक मोटर र एसजीएमडब्लूले बनाएको ६० किलोवाट अवारको सेन्लियन ब्याट्री प्याक दिने सम्भावना रहेको छ । तर, त्यसको धेरै जानकारी बाहिर आएको छैन ।

