निगमले अब दिल्ली सातामा १० उडान गर्ने

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्सले) अब काठमाडौं-दिल्ली-काठमाडौं रुटमा सातामा १० उडान गर्ने भएको छ ।

निमले एक सूचना जारी गर्दै बढ्दो यात्रु चापलाई मध्येनजर गर्दै सातामा थप ३ उडान गर्ने जानकारी दिएको हो ।

निगमले हाल काठमाडौं-दिल्ली सातामा ७ (दैनिक एक) उडान गर्दै आएको छ । अबदेखि सातामा १० उडान गर्ने भएको हो ।

निगमका अनुसार अब मंगलबार, बिहीबार र शनिबार दैनिक दुई उडान गर्नेछ । अरु बार दैनिक एक उडान हुनेछ ।

‘नेपाल वायुसेवा निगमले काठमाडौं-दिल्ली-काठमाडौं हवाई उडान सेवामा थप विस्तार गरेको छ । हाल काठमाडौं-दिल्ली-काठमाडौं रुटमा RA 217/218 बाट दैनिक एउटा उडान भइरहेको अवस्थामा यात्रुको बढ्दो चाप तथा उडानको मागलाई मध्यनजर गर्दै निगमले मिति २०८२ चैत्र १७ गतेबाट काठमाडौं-दिल्ली-काठमाडौं रुटमा RA 205/206 वाट हप्ताको तीन दिन उडान थप गरी सञ्चालन गर्ने व्यवस्था मिलाएको छ । यस व्यवस्थासँगै अब काठमाडौं-दिल्ली-काठमाडौँ हप्ताको १० वटा उडान सञ्चालन हुने भएको छ,’ निगमले भनेको छ ।


Back_to_top