काठमाडौं । एमजीले भारतमा उत्पादन गरेको नयाँ सीयूभी विन्डसरको बिक्री आगामी महिना (सेप्टेम्बर) को अन्तिमबाट सुरू हुने भएको छ । कम्पनीले कम्प्याक्ट यूटिलिटी भेहिकल सेग्मेन्टमा ल्याउन लागेको विन्डसर निकै प्रिमियम फिचरहरुले सुसज्जीत हुने देखिन्छ ।
कम्पनीले यसको तस्बिरहरु बाहिर ल्याउन थालेको छ । साथै, परीक्षणको क्रममा पनि यसका थुप्रै तस्बिर बाहिर आएका छन् । कम्पनीले यसअघि विन्डसरको अगाडि भाग, पछाडि भाग र शनरुफ सहितको छतको स्केच बाहिर ल्याएको थियो । अब यसमा दिइएको पछाडि प्यासेन्जर सिटको तस्बिर बाहिर ल्याएको हो ।
कम्पनीले बाहिर ल्याएको तस्बिर अनुसार नयाँ खुलासा भएकाे छ । सार्वजनिक भएकाे तस्बिर अनुसार पछाडिको प्यासेन्जर सिट १३५ डिग्रीसम्म रिक्लाइन गर्न सकिन्छ । यसका अलावा रियर एसी भेन्ट, थ्री प्वइन्ट सिटबेल्ट, बीचमा आमरेष्ट, हनीकब प्याट्रन स्टेचिङ सिट दिएको देखिन्छ ।
एमजीको नयाँ ईभीको ब्याट्री साइज र मोटर पावरको विषयमा केही जानकारी दिएको छैन । तर, अन्तर्राष्ट्रिय बजारमा विलिङ क्लाउडमा भने ३७.९ किलोवाट आवर र ५०.६ किलोवाट आवरको दुई ब्याट्री अप्सनमा पाउन सकिन्छ ।