काठमाडौं । हिरो स्प्लेन्डरले ९७ किलोमिटर माइलेज दिएको छ । हिरोले आयोजना गरेको माइलेज टेष्ट कार्यक्रममा सुपर स्प्लेन्डरले ९७ किलोमिटर माइलेज दिएको हो ।
हिरो मोटोकर्पले आयोजना गरेको ‘थोपा थोपाको महत्व’ नामक माइलेज टेष्ट कार्यक्रममा हिरो सुपर स्प्लेन्डरले ९७ किलोमिटर माइलेज दिएको दावी कम्पनीले गरेको हो ।
उक्त कार्यक्रममा धनगडीका कुबेर अधिकारीले सुपर स्प्लेन्डरमा एक लिटर इन्धन राखेर ९७ किलोमिटरसम्म चलाएका थिए । यो कार्यक्रममा सबैभन्दा धेरै माइलेज पाएका अधिकारीलाई कम्पनीले पुरस्कृत समेत गरेको छ । हिरोले थोपा थापाको महत्व कार्यक्रम देशको विभिन्न स्थानमा संचालन गर्दै आएको छ ।
हिरो स्प्लेन्डरमा फोर स्ट्रोक १२५ सीसी इन्जिन रहेको छ । यसले ७ हजार आरपीएममा ९.१२ पीएस पावरकासाथै ४ हजार आरपीएममा १०.३५ एनएम टर्क उत्पादन गर्छ ।

स्प्लेन्डरको फ्रन्टमा टेलिस्कोपिक हाइड्रोलिक र रियरमा हाइड्रोलिक सन्स्पेन्सन लगाइएको छ । फ्रन्ट र रियरमा ड्रम ब्रेक लगाइएको छ । यो मोटरसाइकलको मूल्य २ लाख २० हजार रुपैयाँ रहेको छ ।


