हिरोको दुई नयाँ मोटरसाइकल परिक्षणमा

काठमाडौं । हिरो मोटोकर्पले दुई नयाँ मोटरसाइकलको परिक्षण सुरु गरेको छ । कम्पनीले ३०० सीसी सेग्मेन्टमा आउने दुई नयाँ मोटरसाइकलको परिक्षण सुरु गरेको हो ।

कम्पनीले ३०० सीसी सेग्मेन्टमा एक एड्भेन्चर र अर्को फुल फियर्ड डिजाइनमा ल्याउने गरी नयाँ मोटरसाइकलको तयारी गरिरहेको मिडिया रिपोर्टहरुमा उल्लेख छ । सम्भवत कम्पनीले नयाँ मोटरसाइकलको नाम एक्सपल्स ३०० र एक्सपल्स ३०० एस राख्ने छ ।

हिरो मोटोकर्पले ‘हिरो वल्र्ड २०२०’ मा विग सेग्मेन्टको कन्सेप्ट मोडल प्रदर्शन गरेको थियो । अहिले परिक्षणको क्रममा देखिएको एड्भेन्चर मोटरसाइकल त्यही कन्सेप्टसँग मिल्दोजुल्दो रहेको देखिन्छ ।

परिक्षण्मा देखिएको मोटरसाइकलमा प्रयोग भएको क्लच कभर, रेड ट्रेलिस फ्रेम, स्पोक ह्वील, पेटल डिस्क, स्वीङ आर्म क्रोम फिनिस, साइड स्ट्याण्ड कन्सेप्टमा देखाइए जस्तै छ ।

हिरो एक्सपल्स ३०० मा स्पोक ह्वील दिइएको छ । यसको साइज एक्सपल्स २०० कै समान रहेको छ भने यो केही वाइडर टायर देख्न सकिन्छ । यो मोटरसाइकलले रोयल इन्फिल्ड हिमालयन ४५० सँग प्रतिस्पर्धा गर्नेछ ।

नयाँ ३०० सीसीको इन्जिनले ३० बीएच पावर तथा २५ एनएम टर्क जेनेरेट गर्ने अनुमान गरिएको छ । यसको विषयमा कम्पनीले कुनै आधिकारीक जानकारी दिएको छैन ।


Back_to_top