६ तस्विरमा हेर्नुहोस् होन्डाको नयाँ मोटरसाइकल

काठमाडौं । होन्डाले भारतीय बजारमा हिजो सार्वजनिक गरेको नयाँ मोटरसाइकल ‘सिबी ३०० एफ’ स्ट्रीट फाइटर डिजाइनमा आएको छ । भारतीय बजारमा २ लाख २५ हजार ९०० रुपैयाँ एक्स शोरुम मूल्य तोकेर विक्री सुरु भएको नयाँ मोटरसाइकल निकै आकर्षक देखिएको छ ।

होन्डाले यसअघि विक्री गर्दै आएको हर्नेट २.० भन्दा माथिल्लो सेग्मेन्टमा आएको सिबी ३०० एफको बडी निकै सार्प देखिन्छ । यसको हेडल्याम्प यूनिट पनि निकै स्टाइलिस छ । मोटरसाइकलमा प्रयोग भएका सबै लाइट एलइडी छन् ।

कम्पनीले यसमा २९३ सीसी क्षमताको, एयर–आयल–कुल्ड इन्जिन दिएको छ । यो इन्जिनले २४.४७ पीएस पावर र २५.६ एनएम टर्क प्रदान गर्छ । यसमा सिक्स स्पीड गियरबक्स दिइएको छ ।

नयाँ मोटरसाइकलमा होन्डाको टर्क कन्ट्रोलर सहितको स्लीपर क्लच, ट्रयाक्सन कन्ट्रोल, फाइभ स्टेप एड्जस्टेवल मोनोशक सस्पेन्सन, गोल्डन कलरको यूएसडी फोर्क पाउन सकिन्छ ।

होन्डाले यो मोटरसाइकललाई प्रिमियम बनाउन कुनै कसर बाँकी राखेको छैन । यसको अगाडि २७६ एमएम र पछाडि २२० एमएमको डिस्क ब्रेक दिएको छ । सुरक्षालाई अब्बल बनाउन ड्यूल च्यानल एबीएस दिइएको छ । दुबै १७ इनचको ह्वील रहेको मोटरसाइकलमा एमआरएफको फराकिलो टायर दिइएको छ ।

यूएसबी टाइप चार्जिङ पोर्ट, फुल एलसीडी इन्ट्रुमेन्ट क्लष्टर दिइएको मोटरसाइकलमा क्लष्टरमै औसत माइलेज, ब्याट्रीको अवस्था, गियर पोजिसन हेर्न सकिन्छ । साथै, स्मार्ट फोन भ्वाइस कन्ट्रोल सिस्टम समेत यसमा उपलब्ध हुनेछ ।


Back_to_top