काठमाडौं । नेपालका लागि महिन्द्रा फोर व्हीलरको आधिकारिक विक्रेता रहेको अग्नी ग्रुपले आफ्ना सेवाग्राहीहरुको सुविधाका निम्ति नयाँ ‘टु एस सर्भिस सेन्टर’ पोखरा अटो वर्कश प्रश्याङ्ग, पोखरामा संचालनमा ल्याएको छ ।
पोखरा अटो वर्कश अग्नी ग्रुपको ३ एस डिलर बतास ब्रदर्शको सहायक कम्पनी हो । पोखरा अटो वर्कशको उद्घाटन साउन २३ गते सोमबार अग्नी ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले गरेका हुन् ।
कार्यक्रममा अग्नी ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्मा, बतास अर्गनाइजेशनका अध्यक्ष आनन्दराज बतास, बालाजु अटो वर्कसका स्पेयर पार्ट्स हेड युगल सिंह लगायतका मानिसको उपस्थिति रहेको थियो ।
अग्नी ग्रुपले हाल नेपालभर रहेका आफ्ना नेटवर्कहरुबाट सेवाग्राहीलाई गुणस्तरीय सेवा दिइरहेको विज्ञप्तीमा उल्लेख गरेको छ । त्यस्तै, उत्कृष्ट तथा सहज सेवाको पहुँच बढाउने उद्देश्यका साथ थप नेटवर्क विस्तार गर्ने रणनीति अग्नी ग्रुपले बनाएको छ ।


