महिन्द्राको गाडी सर्भिस गराउँदा आकर्षक गिफ्ट ह्याम्पर

काठमाडौं । महिन्द्रा गाडीको लागि नेपालको आधिकारीक सर्भिस सेन्टर बालाजु अटोवर्क अन्तर्गत विगत ५ वर्षदेखि संचालनरत एमके अटो वर्कसले ग्राहकलाई लक्षितगरि नयाँ सर्भिस अफर ल्याएको छ । 

काठमाडौंको सिनामङ्गलमा रहेको एमके अटो वर्कसले सर्भिसिङ गराउने प्रत्येक ग्राहकलाई आकर्षक गिफ्ट ह्याम्पर दिने भएको हो । यस्तै, सर्भिस सेन्टरले गाडीका पार्टस र ल्यूवमा १२ प्रतिशतको छुट अफर ल्याएको छ भने, लेवर चार्ज फ्रि दिने भएको छ । 

एमके अटो वर्कशपका प्रबन्ध निर्देशक एमके गुप्ताले उक्त योजना अन्तर्गत महिन्द्राको सबै प्यासेन्जर गाडीको अटो पार्टस र लुब्रिकेन्टमा १२ प्रतिशतसम्म छुट प्रदान गर्ने जानकारी दिए । 

‘महिन्द्राको सबै गाडीमा उक्त अफर प्रदान गरिने छ । अटो पार्टसमा केही छुटको व्यवस्था गरिएको छ भने, सभिसिङ्ग  निःशुल्क गर्ने योजना ल्याएका छौं । यसले, ग्राहकलाई थप आकर्षित गर्ने हाम्रो अपेक्षा छ’ गुप्ताले मेरोअटोसँग भने ।

गुप्ताले आगामी मंसिर २ गतेबाट ६ गतेसम्म संचालन हुने सर्भिस योजना अन्तर्गत फ्रि सभिसिङको अफर प्रदान गर्ने जानकारी दिएका हुन् । 

सिनामंगलको पेट्रोल पम्प नजिकै संचालन हुँदै आएको यस सर्भिस सेन्टरले भरपर्दाे सभिसङ सुविधा प्रदान गर्दै आएको छ । सर्भिस सेन्टरबाट २४सैं घन्टा भरपर्दाे तथा प्रभावकारी सर्भिस प्रदान गर्दै आएको गुप्ताले दाबी गरे ।


Back_to_top