काठमाडौं । अहिले बजारमा पावरफुल इन्जिन युक्त मोटरसाइकल उत्पादन गर्दै आएको बेलायती कम्पनी रोयल इन्फिल्डले कुनै समय ४९ सीसी क्षमताको मोटरसाइकल एक्सप्लोरर उत्पादन गर्ने गरेको थियो ।
कम्पनीले १९८३ मा उत्पादन सुरु गरेकाे ४९ सीसी क्षमताको एक्सप्लोरर मोटरसाइकल उत्पादन गरिरहेको थियो । कम्पनीले आफ्नो यस बाइकमा थ्रि स्पीड गियरबक्स दिएको थियो ।
अधिकतम गति ५० किलोमिटर प्रतिघण्टाको रफ्तारमा गुडाउन मिल्ने यस मोटरसाइकललाई किङ्ग अफ ५० सीसी भनेर चिनिन्थ्यो ।
४९ सीसी टु स्टोक, सिंगल सिलिण्डर इन्जिनले ६.५ बीए पावर प्रदान गथ्र्यो भने यसको कुल तौल ८२ किलोग्राम रहेको थियो ।
किन चर्चामा छ अहिले ?
आर दिनादयाल नामका एक मोटरसाइकल प्रेमिले भारतमा उक्त मोटरसाइकल किनेर रेट्रो स्टाइलमा परिणत गरेको तस्विर गतहप्ता सोशल मिडियामा भाइरल भएको थियो ।
उनले उक्त मोटरसाइकलमा रोयल इन्फिल्डको पुरानो लोगोलाई निकै चातुर्यता पूर्ण तरिकाले लगाएका छन् भने नयाँ कलर र नयाँ सिटले यसलाई निकै आकर्षक देखाएको छ । उनले यसमा दिइएको स्पोक ह्वीललाई हटाएर नयाँ अलोय ह्वील दिएका छन् ।
यसमा उनले र्याकटेङ्गुलर सेपको हेडल्याम्प दिएका छन् भने राइज्ड ह्यान्डलवार, क्रोम लगेज क्यारियर दिइएको छ ।

