६ हजार सीसीको इन्जिन, २५० किलोमिटरको रफ्तार, यसरी दाैडन्छन् विश्वका ७अाैँ शक्तिशाली ब्यक्ति

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लागि प्रयोग हुने दुईटा ‘बुलेट प्रुफ’ गाडी नेपालमा आइसकेको छ । भारतीय वायुसेनाको विमानमार्फत् मंगलबार बिहान गाडीसहित चालक आएका हुन् । प्रधानमन्त्री मोदी वैशाख २८ र २९ गते नेपाल भ्रमणमा रहनेछन् । 

गुजरातको मुख्यमन्त्री हुँदा भने मोदीले महिन्द्राको स्करपियो गाडी चढ्ने गरेका थिए । भारतीय प्रधानमन्त्री भएपछि भने बीएमडब्ल्यूको उक्त सेक्युरिटी भर्सनका दुई गाडी बढीमात्रामा प्रयोग गर्ने गरेका छन् ।

आगामी शुक्रबार भारतीय प्रधानमन्त्री मोदी पटनाको बाटो हुँदै जनकपुर आउँदैछन् । प्रधानमन्त्री मोदीको सुरक्षाको लागि नेपाल आउँदा भारतबाट नै ‘बुलेट प्रुफ’ गाडी ल्याउने गरेका छन् । ४१ सुरक्षाकर्मीसहित आएको भारतीय वायुसेनाको विमानले गाडीलाई काठमाडौंमा छोडेर फर्किएको छ । 

यस्तो छ, मोदीले प्रयोग गर्ने बुलेट प्रुफ गाडी 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विशेषगरी दुईवटा ब्रान्डका गाडी प्रयोग गर्दछन् । प्रधानमन्त्री भएलगत्तै मोदीलाई तयार गरिएको बीएमडब्ल्यू–७ सिरिज ७६० आईको गाडी बढीमात्रामा प्रयोग गर्दछन् । जर्मन गाडी उत्पादक कम्पनी बीएमडब्ल्यूले सेक्युरिटी भर्सन नाम दिएको उक्त गाडीमा सुरक्षाका लागि सबै प्रकारका सेवा÷सुविधासहित मोदीका लागि गाडी तयार गरेको थियो । 

विश्वका ७ औँ शक्तिशाली नेताको रुपमा दर्ज (दर्ता) भएका मोदीको सुरक्षाका लागि भारतीय सुरक्षा निकायले विशेष चासो दिँदैआएको छ । नेपालमा अघिल्लोपटक औपचारिक भ्रमणमा आउँदा पनि मोदीले सोही गाडी नेपाल ल्याएका थिए । 

गुजरातको मुख्यमन्त्री हुँदा भने मोदीले महिन्द्राको स्करपियो गाडी चढ्ने गरेका थिए । भारतीय प्रधानमन्त्री भएपछि भने बीएमडब्ल्यूको उक्त सेक्युरिटी भर्सनका दुई गाडी बढीमात्रामा प्रयोग गर्ने गरेका छन् । उक्त गाडी प्रधानमन्त्रीको विशेष सुरक्षा समूह (एसपीजी) को हातमा रहेको छ । 

किन बीएमडब्ल्यू-७-७६० आई सुरक्षा संस्करण नै ? 

यो गाडी विश्वमा एकदमै कम रहेको छ । जसका कारण अपराधीहरूले योजना बनाउन कठिन रहेको छ । अर्कोे त्यसको उचाई तथा अन्य हिसाबले पनि सुरक्षित बनाएको छ । यो सजिलै घुमाउन र द्रूत गतिमा तत्कालै मोड्न सकिन्छ । 

शक्तिशाली इञ्जिन 

उक्त सुरक्षा संस्करण ५९७२ सीसी भी-१२ इञ्जिनियरिङद्वारा प्रदान गरिएको ५४४ बीएचपी ५२५० आरएमपी र ७५० एनएम टर्क १५००-५००० आरएमपीएल इञ्जिन रहेको छ भने ६ स्पीड गेयर गाडीमा राखिएको छ । 

स्वचालित ट्राफिक टेलिभिजन रहेको उक्त गाडीमा ६.१ सेकेन्डमा प्रतिघन्टा १ सय किलोमिटर दौड्न सुरु गर्न सक्दछ भने बढीमा प्रतिघन्टा २ सय ५० किलोमिटर दौड्न सक्ने क्षमता गाडीमा रहेको छ । 

गाडीले प्रतिलिटर पेट्रोलमा ४.५ किलोमिटरदेखि ७.४६ किलोमिटरसम्म माइलेज दिने गर्छ । 

सुरक्षा कस्तो छ ? 

एके-४७, एमए-४ र इन्सासको आक्रमणबाट सजिलै बचाउँछ 

रकेट लञ्चरबाट सुरक्षा

इन्धन ट्याङ्कीको विस्फोटबाट सुरक्षा 

ग्यास बम तथा अन्यबाट सुरक्षा 

आईडीबाट सुरक्षा 

विश्वसनीय ब्रान्ड 

जबकि बीएमडब्ल्यू ब्रान्ड आफैमा १०० वर्ष पुरानो छ र एक विश्वसनीय नाम भएको कम्पनीमा पर्छ । यो ब्रान्ड र भारतीय सरकारबीचको लामो सम्बन्धको कारण बीएमडब्ल्यू एक राज्य ट्राभस्पटरको रूपमा प्रयोग गरिएको छ । बीएमडब्ल्यू-८ सिरिज पहिला भारतीय पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीले समेत प्रयोग गरेका थिए । 

मोदीको नयाँ गाडी रेञ्ज रोवर 

मोदीले केही समय अगाडिमात्रै बुलेट प्रुफ रेञ्ज रोवर स्पोर्ट गाडी लिएका छन् । उक्त गाडी भारतको ७१ औँ स्वतन्त्रता दिवसको अवसरमा बेलायती गाडी उत्पादक कम्पनी रेञ्ज रोवरले उपहारस्वरुप दिएको हो ।


Back_to_top