आयो जावाको ‘३५० स्पेशल’ भिन्टेज बाईक, यस्ता छन् विशेषता (भिडियोसहित)

काठमाडौं । एक्स्कुसिप ब्राण्डका बाइक निर्माणको लाईसेन्स लिएको जावा कम्पनीले युरोपमा जावा ३५० स्पेशल एडियशन सार्वजनिक गरेको छ । युरोपमा  जावा कम्पनीले ३५० ओएचसी, ६६० भिन्टेज यसअघि नै युरोपीयन बजारमा थियो भने जावा ३५० भर्रखरै ल्याएको हो ।

महिन्द्रा कम्पनीको अनुसार २०१९ बाट जावा कम्पनीले भारतमा बाइक बिक्री गर्ने छ । आकर्षक फेयरिंगको साथै रेट्रो कलर स्क्रिम, ओल्डस्कुल अपस्वेप्ट, एक्स्ट पाइप तथा राउण्ड हेडल्याम्पले जावा ३५० स्पेशललाई उत्कृष्ट, क्लासिक तथा भिन्टेज लुक दिएको छ । 

यसमा ३९७ सीसी प्यारालल ट्वीन इन्जिन दिइएको छ । यसलले ६५०० आरपिएममा २७.६बिपिएच पावरका साथै ५००० आरपिएममा ३०.६ एनएम टर्क उत्पादन गर्छ । यो ईन्जिन जावा ३५० ओएचसीमा पनि दिइएको थियो । चीनको फर्म शिनरे कम्पनीले बनाएको यो इन्जिनमा डेल्फीसहितको फ्युल इजेक्शन सिस्टम दिइएको छ । यो बाइकको तौल ३५० ओएचसीको भन्दा ११ किलो बढि अर्थात् १७१ किलाग्राम रहेको छ । 

यसमा १७ लिटर फ्यल ट्याङ्की दिइएको छ । जावा ३५० एडिशनलाई युरो–६ स्टार्डड दिइएको छ भने यसमा एन्टी लक बेक्रिङ एबिएस सिस्टम लगाइएको छ । महिन्द्रा कम्पनीले ६६० विन्टेज तथा ३५० ओएचसीको साथै ३५० स्पेशललाई भारतमा सार्वजनिक गर्ने घोषणा गरिसकेको छ । 


Back_to_top