राजकुमार ह्यारीको विवाहलाई मिनीले बनायो यस्तो कार, यी हुन् विशेषता

काठमाडौं । वेलायती राजकुमार ह्यारी र मेघन मार्केलबीच मे १९ तारिखमा हुने विवाह समारोह यतिबेला निकै चर्चामा रहेको छ । यो विबाह हेर्न जति बेलायाती जनता आतुर छन् त्यतिकै चासो पुरै विश्वभर भइरहेको छ । 

यो विवाहको बिषयलाई लिएर बिभिन्न घोषणा भइरहेका छन् । यस्तै एक घोषणा गरेको छ, बेलायती कार निर्माता कम्पनी ‘मिनी’ले । कम्पनीले बिबाहको लागि ‘वान अफ’ मिनी ह्याचब्याक कार विशेष सुविधासहितको निर्माण गर्ने जनाएको छ ।  

‘वान अफ’ मिनीका बिषयमा बोल्दै कम्पनीका अधिकारी ओलीभर हिल्मरले भने ‘हामी बिगत ६० बर्षदेखी बेलायतमा कार निर्माण गरिरहेका छौ । एक प्रतिष्ठित ब्रिटिस ब्राण्डको रुपमा हाम्रो सौभाग्य हो, बेलायतको शाही परिवारको पबित्र अवसरमा कार उपहार दिन पाउनु ।’ 

यस्ता छन् विशेषता

यो ह्याच ब्याक कारको छाना पूर्णरुपमा ३ डी डिजानद्धारा तयार पारिएको छ, त्यसमापनि यो मानिसको हातले निर्माण गरिएको हो । यस कारको भित्री साजसज्जा र बाहिरी आवरण विशेष किसिमले तयार गरिएको छ । यसमा प्रयोग भएको विशेष इम्ब्रोडरीले यो कारलाई अन्य भन्दा विशेष बनाएको छ । 

क्रिस्टल ह्वाइट पेन्टसको प्रयोग गरिएको यो कारमा ३ वटा ढोकाको प्रयोग गरिएको छ । यसमा प्रयोग गरिएको हेडलाइटमा कालो र निलो रङको मिश्रण गरिएको छ । यसको ब्याकलाईटसमेत निकै आर्कषक रहेको छ । समग्रमा हेर्दा यो कार विशेष देखिएको छ ।   

यसमा भित्र मल्टीकलरको प्रयोग गरिएको छ भने, राजपरिवाससँग जोडिएका धेरै कुराहरुको साथ राष्ट्रिय झण्डा यस कारमा समावेस गरिएको छ । दुई जोडिलाई आर्कषित गर्न विशेष थ्रिडी लाईटको प्रयोग गरिएको छ । 

यो कार विवाह समारोहको लागि मात्रै निर्माण गरिएको कम्पनीले जनाएको छ । जहाँ अगाडिको ढोकामात्रै प्रयोग गरिने छ । यसमा प्रयोग भएको सिट विशेष किसिमको छालाद्धारा निर्माण गरिएको छ भने दुलाह दुलहीलाई विशेष शुभकामना दिने ब्यवस्था मिलाइएको छ । 


Back_to_top