मासिक २५ हजार किस्ता तिर्नेलाई उपयुक्त ३ कार (मूल्यसहित)

काठमाडौं । मासिक २५ हजार किस्ता तिर्न सक्ने मानिसले बजारमा उपलब्ध बी सेग्मेन्ट ह्याचव्याक कार खरिद गर्न सक्ने छन् । यो सेग्मेन्टमा विक्री हुँदै आएका मारुती सुजुकी स्वीफ्ट, हुन्डाई ग्राण्ड आई १० नियोस र टाटा टियागो ह्याचव्याक कार धेरैको छनोटमा पर्ने गरेको छ ।

अहिले बैंक तथा वित्तीय संस्थाले ९ प्रतिशत हाराहारीमा कर्जा उपलब्ध गराउँदै आएका छन् भने ग्राहकले गाडी किन्ने तयारी गर्दा गाडीको मूल्यको ५० प्रतिशत रकम तयारी अवस्थामा राख्नु पर्ने हुन्छ । बैंकले कम्तीमा ८ वर्षसम्मको लागि कर्जा प्रबाह गर्ने भएकाले ३० लाखदेखि ३५ लाखसम्मका गाडी खरिदगर्दा मासिक २५ हजार रुपैयाँ किस्ता वापत तिर्नु पर्ने हुन्छ ।

यो सेग्मेन्टमा विक्री हुने कारमा सामान्यतया चालक र यात्रुलाई चाहिने फिचरहरु उपलब्ध रहेका छन् । त्यसमा पनि यी तीन वटै मोडल बजारमा निकै राम्रो संख्यामा विक्री भएका मोडल हुन् त्यसैले यी कारले बजारमा कस्तो पर्फमेन्स गर्ला भन्ने चिन्ता खरिदकर्तामा आउने छैन ।

भेरियन्ट र मूल्य

हुन्डाईले ग्राण्ड आई १० नियोसलाई विभिन्न तीन भेरियन्टमा विक्री गर्दै आएको छ । यसको मग्ना भेरियन्टको मूल्य ३१ लाख ५६ हजार, मग्ना अटोमेटिकको ३४ लाख ५६ हजार र स्पोर्टज् भेरियन्टको मूल्यपनि ३४ लाख ५६ हजार रुपैयाँ रहेको छ । सबै भेरियन्टमा समान ११९७ सीसीको पेट्रोल इन्जिन उपलब्ध रहेको छ ।

मारुती सुजुकी स्वीफ्टपनि तीन वटै भेरियन्टमा उपलब्ध रहेको छ । कम्पनीले स्वीफ्ट भीएक्सआई र जेडएक्सआई र जेडएक्सआई प्लस भेरियन्टमा उपलब्ध गराएको छ । यसको मूल्य क्रमश ३० लाख ९९ हजार, ३३ लाख ९९ हजार र ३७ लाख ६९ हजार रुपैयाँ रहेको छ । स्वीफ्टमा पनि ११९७ सीसी क्षमता पेट्रोल इन्जिन उपलब्ध रहेको छ ।

टाटाको सर्वाधिक सफल ह्याचव्याक टियागो पनि उत्कृष्ट मोडल हो । विभिन्न ६ भेरियन्टमा उपलब्ध ११९९ सीसी क्षमताको पेट्रोल इन्जिन रहेको टियागो एक्सई भेरियन्टको मूल्य २८ लाख, एक्सटी भेरियन्टको २९ लाख ७५ हजार, एक्सजेडको ३२ लाख १५ हजार, एक्सजेडए भेरियन्टको ३३ लाख २५ हजार, एक्सजेड प्लसको ३२ लाख ७५ हजार, एक्सजेडए प्लस भेरियन्टको ३७ लाख १५ हजार रुपैयाँ रहेको छ ।


Back_to_top