काठमाडौं । यामाहाले भारतमा नयाँ मोटरसाइकलको परिक्षण सुरु गरेको छ । भारतको यमुना एक्सप्रेस हाइवेमा परिक्षणको क्रममा देखिएको नयाँ मोटरसाइकल २५० सीसी क्षमताको हुने अनुमान गरिएको छ ।
यामाहाले परिक्षण गरिरहेको नयाँ मोटरसाइकल एक्सएसआर १५५ र एक्सएसआर ७०० बाट प्रेरित रहेको छ । संभवत यसमा एफजेड २५ को जस्तै २५० सीसी क्षमताको इन्जिन उपलब्ध रहने छ ।
रेट्रो डिजाइनमा देखिएको प्रोटोटाइपलाई आधार मान्दा भारतीय बजारमा एक्सएसआर २५० नै आउने अनुमान गर्न सकिन्छ । भारतमा मोटरसाइकल कम मूल्यको बनाउनु पर्ने दबाबको कारण कम्पनीले एफजेड २५ को इन्जिन यसमा दिने अनुमान गर्न सकिन्छ । उक्त इन्जिनले अधिकतम २०.५ पीएस पावर र २० एनएम टर्क प्रदान गर्ने छ ।
स्पाइ तस्विरमा देखिए अनुसार निकै आरमदायी चालकको पोजिसन देख्न सकिन्छ । अपराइट ह्याण्डलवार, अगाडि र पछाडि डिस्क ब्रेक, ठूलो इन्धन ट्याङ्की, आरामदायी फुटपेग पोजिन, टेलिस्कोपिक फ्रन्ट फर्क, रियर मोनोशक सस्पेन्सन, एलसीडी इन्ट्रुमेन्ट क्लष्टर जस्ता फिचर यसमा समावेस हुने छन् ।
कम्पनीले यसको आधिकारीक विवरण सार्वजनिक नगरेकाले यो मोटरसाइकल कस्तो हुने छ भन्ने विषयमा एकिन तथ्य थाहापाउन केहि समय कुर्नु पर्ने हुन्छ । भारतमा यसको उत्पादन हुने हुँदा नयाँ मोटरसाइकल नेपाल पनि आउने छ ।


