काठमाडौं । सन् २०२३ अन्तिम तिर आइपुगेको छ । विश्व अटोमोवाइल बजारमा यो वर्ष विद्युतीय कारको चर्चा निकै धेरै भयो । टेस्ला, बीवाइडी, फक्सवागेनदेखि चिनियाँ स्टार्टअप कम्पनीले विश्वभर चर्चा पाए ।
ब्याट्री इलेक्ट्रीक भेहिकलमा टेस्ला र बीवाइडी बीच तीब्र प्रतिस्पर्धा भयो । तर, न्यू इनर्जी भेहिकलमा टेस्लालाई पछाडि धकेल्दै बीवाइडी निकै अगाडि निस्कन सफल भयो । बीवाइडीको बिक्री हिस्सामा झण्डै ४८ प्रतिशत प्लगइन हाइब्रिड कारको हिस्सा छ ।
टेस्ला मोडल वाई र मोडल थ्री धेरै बिक्री भएका विद्युतीय कारको सूचीमा पहिलो स्थानमा छ । त्यसैगरी तेस्रो, चौथो र पाँचौ स्थानमा बीवाइडीका इलेक्ट्रीक कार छन् । तस्रो स्थानमा बीवाइडी सङ प्रो÷प्लस, चौथो स्थानमा बीवाइडी एटो-३/यूआन प्लस र पाँचौ स्थानमा डल्फीन रहन सफल भएको छ ।
टेस्ला र बीवाइडीको अलावा छैटौं स्थानमा जीएसी एवोन एस, सातौं स्थानमा विलिङ मिनी ईभी, आठौं स्थानमा जीएसी एवोन वाई, नवौं स्थानमा फक्सवागेन आई-४ र दशौं स्थानमा बीवाइडी सिगुल पर्न सफल भएको छ ।
सर्वाधिक धेरै बिक्री भएका ब्राण्डमा टेस्ला अमेरिकी ब्राण्ड हो भने फक्सवागेन जर्मन ब्राण्ड हो । यी दुईका अलावा सबै चिनियाँ ब्राण्ड हुन् ।

