नेपालमा खुल्यो पहिलो मोटर स्पोर्ट्स एकेडेमी

काठमाडौं । नेपालमा पहिलो पटक मोटर तथा मोटर साइक्लिङ्ग स्पोर्ट्स एकेडेमी संचालनमा आएको छ । नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा) ले काभ्रेको धुलिखेल स्थित हिमालयन मोटरल्याण्डमा मोटर स्पोर्ट्स एकेडेमी संचालनमा ल्याएको हो । अल्टिमेट हिमालयन मोटर ल्याण्ड र धुलिखेल नगरपालिकाको सहयोगमा नासाले उक्त एकेडेमी संचालनमा ल्याएको हो ।

असार २६ गतेबाट संचालनमा आएको एकेडेमीले ड्राइभर/राइडर तयार, खेल लाइसेन्स वितरण, गर्ल अन दि ट्रयाक लगायतको अभियानलाई वार्षिक कार्यक्रम बनाई अघि बढ्ने जानकारी दिइएको छ । तत्काल काठमाडौं इन्जिनियरिङ कलेज, धुलिखेलको संजिवनी कलेज, काठमाडौं विश्वविद्यालय लगायत अन्य कलेजहरुका कुल २०० जनालाई तालिम दिने लक्ष्य लिएको एकेडेमीले जनाएको छ ।

कार्यक्रमको दोश्रो चरणमा, काठमाडौँ, ललितपुर, भक्तपुर तथा काभ्रे लगायतका जिल्लाहरुबाट कार्यक्रमा सहभागी कुल ४० जना लाई मार्शल तालिम समेत दिइएको थियो ।


Back_to_top