काठमाडौं । मोटरहेड मोटरसाइकलका लागि नेपालको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेडले नयाँ मूल्यसूची सार्वजनिक गरेको छ । नयाँ मूल्यसूची अनुसार मोटरसइकलको मूल्य ६० हजार रुपैयाँसम्मले वृद्धि भएको हो ।
कम्पनीका अनुसार ४ मोडलका मोटरसाइकलको मूल्य वृद्धि भएको छ भने अन्य मोडलका मोटरसाइकलको मूल्य यथावत नै रहेको छ ।
कम्पनीले सार्वजनिक गरेको नयाँ मूल्यसूचीका अनुसार मोटरहेड टेक्कन आर २५० र स्पोर्टस २५० रोड भर्सनको मूल्य ६० हजार रुपैयाँले वृद्धि भएको छ । त्यस्त स्पोर्टस २५० अफरोडको मूल्य ५८ हजार र स्क्रयाम्वलरको मूल्य ४० हजार रुपैयाँले वृद्धि भएको हो ।
मोटरहेड टेक्कन आर २५० को मूल्य ४ लाख १५ हजारबाट ४ लाख ७५ हजार रुपैयाँ पुगेको छ । त्यसैगरी स्पोर्ट्स २५० रोड भर्सनको मूल्य ३ लाख ७५ हजारबाट ४ लाख ३५ हजार तथा स्पोर्ट्स २५० अफरोड भर्सनको मूल्य ३ लाख ७२ हजार बाट ४ लाख ३० हजार रुपैयाँ पुगेको छ । स्क्र्याम्बलर २५० को मूल्य ४ लाख ५५ हजार बाट ४ लाख ९५ हजार रुपैयाँ पुगेको छ ।

सरकारले बजेटमार्फत २०० सीसी भन्दा बढी क्षमताका मोटरसाइकलको कर बढाए पश्चात मोटरहेडले पनि यी मोटरसाइकलको मूल्य बढाएको हो ।
कम्पनीले अन्य मोडलको मूल्य भने यथावत रहेको छ । नेपाली बजारमा उपलब्ध एमएच १५० को मूल्य ३ लाख १० हजार, एमएच २०० को मूल्य ३ लाख ७५ हजार, एक्सटर्क २५० को मूल्य ३ लाख ९० हजार र टेक्कन २५० को मूल्य ३ लाख ९५ हजार रुपैयाँ रहेको छ ।

