काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८२ को बजेटप्रति असन्तुष्टी जनाउँदै प्रतिपक्षी नेकपा एकीकृत समाजवादीका सांसद अमरबहादुर थापाले संसद बैठकमै बजेट पुस्तिका च्यातेका छन् ।
उनले बिहीबार प्रतिनिधि सभाको बैठकमा भौति पूर्वाधार तथा यातायात मन्त्रालयको बजेटप्रति असन्तुष्टी जनाउँदै बजेट पुस्तिका च्यातेका हुन् ।
उनले दैलेख हुँदै जुम्ला जानका लागि आफूले प्रस्ताव गरेको सडकमा बजेट विनियोजन नभएकाले असन्तुष्टी जनाएका हुन् । उनले अहिलेको बजेट उल्टो बाटोबाट हिँडेको आरोप समेत लगाए ।
‘यो बजेट साँच्चिकै जनताप्रति उत्तरदायी नलिएको र एकाधिकार कायम गरिएको हुनाले यो किताब मलाई मन नपरेर सदनभित्रै च्यात्ने अनुमति मागेर च्यातेको छु,’ सांसद थापाले भने ।