काठमाडौं । हिरो मोटोकर्पको इलेक्ट्रीक स्कुटर ब्राण्ड भिडाले भीएक्सटु इलेक्ट्रीक स्कुटर सार्वजनिक गर्ने भएको छ । कम्पनीले आगामी जुलाइ १ देखि भारतीय बजारमा भीएक्सटु इलेक्ट्रीक स्कुटर बजारमा ल्याउने भएको हो ।
कम्पनीले उक्त स्कुटरमार्फत ब्याट्री एज-ए-सर्भिस सेवा सुरू गर्न लागेको हो । जसले गर्दा उपभोक्ताले कुटर र ब्याट्रीलाई छुट्टै रूपमा फाइनान्स गर्न सक्नेछन् । यसले लागत घट्ने र थप सुलभ हुने विश्वास कम्पनीले लिएको छ ।
भिडा भीएक्सटु स्कुटरमा टीएफटी डिस्प्ले, एलईडी प्रोजेक्टर हेडल्याम्प, एलईडी टेल लाइट, एलईडी सिक्वनसियल टर्न इन्डिकेटर, १२ इन्चको ड्युलटोन अलोय ह्वील, सिंगल सिट र डम ब्रेक जस्ता फिचर रहने छ ।
यो स्कुटरमा २.२ र ३.९ किलोवाट आवरको ब्याट्री रहने अपेक्षा गरिएको छ । जसले १६५ किलोमिटरसम्म रेन्ज दिने अनुमान गरिएको छ ।
भीएक्सटु स्कुटरको मूल्य ६५ हजार भारु हुने अनुमान गरिएको छ ।