काठमाडौं । भेष्पा अप्रिलियाले मनसुन अफर ल्याएको छ । भेष्पा अप्रिलिया स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता डेल्टा अटो कर्पले नयाँ स्कुटर खरिद गर्न चाहने ग्राकलाई लक्षित गर्दै ‘मनसुनमा ५एक्स मज्जा’ स्कीम ल्याएको हो ।
कम्पनीका अनुसार यस स्कीम अन्तर्गत ग्राहकले नयाँ स्कुटर खरिद गर्नुपूर्व नै १० हजार रुपैयाँसम्म छुट पाउने छन् । साथै, अतिरिक्त नगद छुटसँगै अन्य आकर्षक उपहार पनि पाउने कम्पनीले जनाएको छ ।
ग्राहकले यो अफरमा भेष्पा अप्रिलियाको वेबसाइटमा रजिष्टर गरेर स्कुटर नकिन्दै १० हजार रुपैयाँसम्म क्यासब्याक जित्न सक्नेछन् ।
त्यस्तै, स्कुटर खरिद गर्दा ७५ हजार रुपैयाँसम्मको नगद छुटका साथै, २ वर्षको सवारी कर, ४.९ प्रतिशत ब्याजदरमै कर्जाका साथै अन्य एसोसरिज पाउन सकिन्छ । एसोसरिजमा अप्रिलियाको प्रिमियम हेलमेट, रेनकोट, स्कुटर कभर निःशुल्क पाइन्छ ।
यो स्कीम नेपालभरका भेष्पा अप्रिलियाको सबै शोरुममा सीमित अवधिसम्म उपलब्ध हुने कम्पनीले जनाएको छ ।