नारायणगढ-मुग्लिन सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्ड अनिश्चितकालका लागि बन्द भएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका-५, तुइनखोलामा भीषण सुक्खा पहिरो खसेसँगै सडक अनिश्चितकालका लागि बन्द भएको हो ।

भीषण पहिरो मंगलबार दिउँसा ४:५५  बजेतिर खसेको हो । अहिले पनि सडकमा माथिबाट सुख्खा पहिरो निरन्तर खसी रहेको छ ।

पहिरो खसिरहेकाले सडक नै भासिन सक्ने जोखिम देखिएको छ । अब सडक खुल्न कति दिन लाग्छ भन्ने कुनै निक्यौल गर्न सकिने अवस्था नरहेका सडक डिभिजन भरतपुरले जनाएको छ ।

सवारीसाधनलाई वैकल्पिक बाटो हुँदै यात्रा गर्न अनुरोध गरिएको छ ।


Back_to_top