‘नाडा अटो शो-२०२२’को स्टल बुकिङ २६ गतेबाट खुल्ने

काठमाडौं । नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालले आगामी भदौ ७ देखि १२ गतेसम्म आयोजना गर्न लागेको ‘नाडा अटो शो–२०२२’को बुकिङ जेठ २६ गतेबाट खोल्ने भएको छ । यसअघि दुई वर्षसम्म कोभिड १९ को संक्रमणको कारण गर्न नसकिएको अटो शो यो वर्ष भदौ ७ गतेबाटै गर्न लागिएको हो ।

काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने उक्त अटो शोमा भाग लिन चाहने कम्पनीले जेठ २६ गतेदेखि ३० गतेसम्ममा स्टल बुकिङ गर्न सक्ने नाडाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

सिमित स्थान भएको र प्रदर्शनी सम्बन्धी गरिएको सर्वेक्षणमा अत्याधिक माग देखिएकोले यसवर्ष पनि गोला प्रथाद्वारा नै स्टल उपलब्ध गराइने जनाइएको छ । प्रदर्शनीमा २ पाङग्रे, ४ पाङग्रे, वित्तिय संस्था, अटो कम्पोनेन्ट्स् तथा ग्यारेज उपकरणहरुलाई समुह अनुसार छुट्टाइएको हुँदा सोही अनुरुप रजिष्ट्रेशन गर्न मिल्ने नाडाले जनाएको छ ।

विगतका केही वर्षहरुमा कमर्शियल भेहिकल नराखिएको र धेरै अबलोकनकर्ताको चासो रहेको कारण यसपटक कमर्शियललाई पनि स्टल बुकिङ खुल्ला गरिएको छ ।


Back_to_top