काठमाडौंमा नाडाको निर्वाचन सुरु, अध्यक्षमा करण चौधरी र ध्रुब थापा बीच प्रतिस्पर्धा

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको नयाँ नेतृत्वको लागि निर्वाचन सुरु भएको छ । काठमाडौंको सोल्टी होटलमा निर्वाचन कार्यक्रम संचालन भइरहेको छ ।

यसपटक नाडाको नेतृत्वको लागि युवा व्यवसायी करण चौधरी र मोसफलबाट उदायका व्यवसायी ध्रुब थापाले प्यानल नै निर्माण गरेर चुनावी मैदानमा उत्रिएका छन् ।

नाडाको आज हुने निर्वाचनबाट १ अध्यक्ष सहित १७ कार्यसमिति सदस्य निर्वाचित हुनेछन् । प्रदेश स्तरबाट ७ जना सदस्य यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।

अध्यक्षले मनोनित गर्ने ३ जनासहित नाडाको कार्यसमिति २७ जनाको हुनेछ । पहिलो पटक दुबै प्यानलले बराबर उमेदवार सहित नाडामा प्रतिस्पर्धा गरिरहेका छन् ।

ध्रुब थापा बाँया र करण चौधरी दाँया

यस्ता छन् अध्यक्षका उमेदवार

करण चौधरी व्यवसायी समूह सिजी होल्डिङ्सका कार्यकारी निर्देशक हुन् । अहिलेको बर्तमान कार्यसमितिमा उपाध्यक्ष रहेका उनले अटोमोवाइल व्यवसायमा काम थालेको १६ वर्ष पुरा भएको छ ।

सीजी होल्डिङ्स अन्तर्गतको सीजी मोटोकर्प सुजुकी गाडीको नेपालका लागि आधिकारित वितरक हो । नेपाल ल्युब आयल (गल्फ ब्रान्ड) मा पनि सीजी होल्डिङ्सको सेयर रहेको छ । प्रस्ट विचार राख्न सक्ने क्षमता, राम्रो वाककला र अध्ययनशील चौधरी युवाहरुको बीच निकै चर्चित रहेका छन् ।

उता पोखरालाई कर्मभूमी बनाएका ध्रुब थापा विभिन्नको कम्पनीको डिलर, फोर्सको आयतकर्ता र पार्टस् व्यवसायमा संग्लग्न हुँदै आएका सरल स्वभावका व्यवसायी हुन् । लायन्सको पूर्व गभर्नर तथा पश्चिमाञ्चल अटोमोवाइल एशोसिएशनका पूर्व अध्यक्ष समेत रहेका थापा नाडामा दुई पटक उपाध्यक्ष भइसकेका छन् ।


Back_to_top