काठमाडौं । यही साउन २१ देखि २५ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ सम्बन्धी भिडियो बनाएर सामाजिक संचालनमा पोष्ट गर्नेले १ लाख रुपैयाँ पुरस्कार पाउने भएको छ ।
नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशन (नाइमा)का अनुसार साउन २१ गतेसम्म मोबिलिटी एक्स्पो सम्बन्धी भिडियो बनाएर आफ्नो समाजिक संजालमा अपलोड गर्ने उत्कृष्ट एक जनाले १ लाख रुपैयाँ पाउने भएको हो ।
त्यस्तै, मोबिलिटी एक्स्पो अवधिभर (२१-२५ गते) सम्म अप्लोड भएका १० उत्कृष्ट भिडियोहरुलाई १०/१० हजार रुपैयाँ पुरस्कार दिइने नाइमाले जनाएको छ ।
पहिलोपटक आयोजना हुन लागेको मोबिलिटी एक्स्पोमा ५० भन्दा बढी ब्राण्डहरू सहभागी हुनेछन् । एक्स्पोमा ३५ वटा नयाँ मोडलका सवारी साधन लन्च हुनेछ । जसमा १५ दुईपाँग्रे, १५ चारपाँग्रे र ५ कर्मसियल गाडी रहेका छन् ।
प्रर्दशनीको टिकट खल्ती बाई आईएमईमा उपलब्ध छ । टिकटको मूल्य साधरणतर्फ २०० रुपैयाँ र विद्यार्थीका लागि १०० रुपैयाँ तोकिएको छ ।

