यस्तो छ मुग्लिन-नारायणघाट सडकको अवस्थाबारे जनाकारी दिने डिजिटल सुचना पाटी (भिडियो सहित)

काठमाडौं । मुग्लिन-नारायणघाट सडकको अवस्थाबारे जानकारी दिन मुग्लिन चोकमा डिजिटल सडक सुचना पाटी राखिएको छ । निर्माण कार्य अन्तिम चरणमा रहेको मुग्लिन नारायणघाट सडकको पहिरोे रोक्ने काम भइरहेतापनि लगातारको बर्षाको कारण आएको पहिरोले समस्या भइरहेको छ । 

सुचना पाटीमा मुग्लिन-नारायणघाट सडक खण्डमा हुने हरेक प्रकारको  ट्राफिक गतिबीधि सुचना प्रकाशन गरिनेछ ।

अगाडि सडकको अबस्था कस्तो छ वा कुनै स्थानमा समस्या छ छैन भन्नेबारे यो सुचना पाटीबाट थाहा पाउन सकिने आयोजनाले बताएको छ ।

यसले यात्रुहरुलाई सहज यात्रा गर्नका लागी सहयोग पुग्ने भएकाले यस्तो सुचना पाटी राखिएको साथै यस्तै खाले सूचना प्रवाह गरेर समग्र मध्य क्षेत्रकै ट्राफिक ब्यवस्थापनलाई सहज बनाउनको निम्ति नारायणघाट, बुटवल, नागढुंगा, नौबिसे, हेटौडा र पथलैया पनि यस्तै सूचना पाटी राखिएको जनाएको छ । 


Back_to_top