चर्चित जीप कम्पास केही दिनमै नेपाली बजारमा, यस्ता छन् विशेषता

जीप इन्डियाको पहिलो उत्पादन जिप कम्पास भारतमा सार्वजनिक भएको एक वर्ष नपुग्दै २५ हजार यूनिट भारतीय बजारमा विक्री भएको छ । 

भारतीय बजारमा उत्पादन भएको जीप जापान, बेलायत, अस्ट्रेलिया जस्ता राइट–ह्यान्ड ड्राइभिङ सिस्टम भएको देशमा ५ हजार यूनिट निर्यात भएको छ । गत वर्ष जुलाईमा सार्वजनिक भएको कम्पासले एसयुभीप्रेमीलाई नयाँ स्वाद दिएको छ । 

अन्य विशेषताको लागि यहाँ क्लिक गर्नुस्

भारतमा सार्वजनिक भएयता जीप कम्पासले २६ वटा प्रतिष्ठित अवार्डहरु जित्न सफल भएको जनाइएको छ । जीपले कम्पासलाई ६५ प्रतिशत स्थानीयकरण गरेर महाराष्ट्र रञ्जनगाउँस्थित एफसीए इन्डियाको फेसिलिटीमा निर्माण गरेको हो । 

यस कारण चर्चामा छ जिप कम्पास

पावर फुल इन्जिन


कम्पास १.४ लिटरको टर्बोचाज्र्ड पेट्रोल इन्जिन र २.० लिटरको डिजेल इन्जिनमा उपलब्ध रहेको छ । दुवै इन्जिन अप्सनमा ६–स्पिडको म्यानुअल ट्रान्समिसन छ । पेट्रोल इन्जिनमा अटोमेटिक ७–स्पिड डुअल क्लच ट्रान्समिसन पनि रोज्न सक्नु हुन्छ । कम्पास डिजेल इन्जिनमा ४बाई४ अप्सनमा पनि उपलब्ध रहेको छ । 

चर्चित ब्रान्ड 

एसयुभीप्रेमिको लागि जिप ब्रान्ड निकै प्यारो ब्रान्ड हो । जीप ब्रान्ड संसारभर लोकप्रिय छ । लोकप्रिय ब्रान्डको उत्पादनको तुलनात्मक रुपमा मूल्य भने कम तोकिएका कारण कम्पास भारतमा मध्यम वर्गीय मानिसहरुको पहुँचमा पुग्न सकेको हो । 

यस्ता छन् फिचर 


फिचरको मामिलामा पनि कम्पास ‘वेल–लोडेड’ छ । यसको टप एन्ड भेरियन्टमा ६ एयरब्याग, एबीएस, इएसपी, ट्रयाक्सन कन्ट्रोल, हिलहोल्ड, ‘स्नो, स्यान्ड, मड र अटोमेटिक मोड’सहितको फोर ह्विल ड्राइभ सिस्टम जस्ता फिचरको लामो सूची छ, जसले ग्राहकलाई आर्कषित गर्ने छ । कम्पासमा लेदर सिट, एन्ड्रोइड अटो र एप्पल कारप्ले भएको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र पावरफुल स्पिकर सिस्टमसमेत दिइएको छ । 

पावर

कम्पास सेग्मेन्टकै सबैभन्दा पावरफुल एसयुभी हो । यसको डिजेल भर्सनलाई २.० लिटर मल्टिजेट इन्जिन छ जसले १७३ बीएचपी पावर – ३५० एनएम टर्क बराबरको अधिकतम पावर निकाल्छ भने १.४ लिटर टर्बोचाज्र्ड पेट्रोल इन्जिनले १६३ बीएचपी पावर – २५० एनएम टर्क उत्पन्न गर्छ । महिन्द्राको अपडेटेड एक्सयुभीमा अझ पावरफुल इन्जिन भए पनि कम वजनका कारण जिपकम्पास टपमै पर्छ । पावरफुल इन्जिनका कारण कम्पास सेग्मेन्टकै तीव्र गतिमा गुड्ने एसयुभी बनेको हो । 

मूल्य 

भारतमा जीप कम्पासले लो रेन्जमा हुन्डाई क्रेटा, निसान टेरानो, रेनो डस्टरदेखि हाई रेन्जमा हुन्डाई टुसान, टोयटा रेभ४, फोर्ड इन्डिभोर, मित्सुबिसी एएसएक्सका ग्राहकसमेत आकर्षित गरिरहेको छ । जिप कम्पासको मूल्य १७ लाख ९५ हजार भारुदेखि २५ लाख ६९ हजार भारतीय रुपैयाँसम्म रहेको छ । कम्पासको मूल्य एसयुभी प्रेमिलाई लोभ्याउने किसिमले निर्धारण गरिएको छ । 

अन्य विशेषताको लागि यहाँ क्लिक गर्नुस्

नेपालमा कहिले ?

नेपालमा पनि जीप ब्रान्ड भित्रने अन्तिम तयारी चलिरहेको छ । जीपलाई एमएडब्लु इन्टरप्राइजेज अन्तर्गतको लाइफ अटोमोबाइलले नेपाल ल्याउन लागेको हो । त्यसको लागि कम्पनी काठमाडौंको नक्सालमा सुविधा सम्पन्न शोरुम निर्माण गरिरहेको छ । यही जुलाईको अन्तिमसम्ममा नेपाली बजारमा जीपको उत्पादन कम्पास नै ल्याउने अपेक्षा गरिएको छ ।


Back_to_top